भारतको बहराइचमा सडक दुर्घटना : दुई नेपाली सहित तीन जनाको मृत्यू

बाँके, ७ जेठ, २०७८ ।


भारतको बहराइचमा भएको सडक दुर्घटनामा परि दुई नेपालीसहित तीन जनाको मृत्यु भएको छ । भारतको राजधानी दिल्लीबाट रुपइडिहा आइरहेको वीङ्गर र नेपालगन्जबाट पेट्रोलियम पदार्थ लिन भारतको गोण्डा गइरहेको ट्याङ्कर एक आपसमा ठोकिदा वीङ्गरमा सवार १० जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था नाजुक रहेको भारतीय प्रहरीलाई उदृध गर्दैै रुपइडिहाबाट पत्रकार शन्तोष शुक्लाले जानकारी दिए ।
भारतको बहराइच गोलवाघाट मरी माता मन्दिर नजिक शनिवार विहान भएको दुर्घटनामा घाइते भएका यात्रुको बहराइच मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुले आफूहरुको घर अर्घाखाँची भएको बताएको भारतीय प्रहरीले जनाएको छ । वीङ्गर चालक सहित तीन जनाको मृत्यू भएको पत्रकार शुक्लाले जानकारी दिए । उनका अनुसार मृत्यू हुनेमा ४० बर्षिय अजय, ४८ बर्षिया राधा र भरत थापा रहेको भारतीय प्रहरीले जनाएको छ ।
विपरित दिशाबाट आएको ट्यांकरले ठक्कर दिएको वीङ्गरमा सवार टेकबहादुर खड्काले बताए । उनले दिल्लीबाट आउँदै गर्दा ट्यांकरसँग ठोकिएको बताए । घाइते खड्काको बहराइचस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Previous articleतुल्सीपुर उपमहानगर : सत्तागठबन्धनका उम्मेदवारलाई एमालेले उछिन्यो
Next articleदंगीशरण गाउँपालिका अध्यक्षको पहिलो निर्णय : गर्भवती, अशक्त र ६० बर्ष माथिकालाई निशुल्क स्वास्थ्य सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here