नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः जसपाका शाह र श्रीवास्तव विजयी

बाँके, ७ जेठ, २०७८ ।


नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजबादी पार्टीका सैयद इस्तियाक अहमद शाह र जयन्तीदेवी श्रीवास्तव दोस्रो कार्यकालका पनि विजयी भएका छन् ।
शनिवार सम्पन्न मत गणना अनुसार नरैनापुर गाउँपालिका जसपाका अध्यक्षका उम्मेदवार शाहले पाँच हजार ३७ मतले विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र मौर्यले तीन हजार ६ सय ८५ मत पाए । एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार पदमावती यादवले तीन हजार एक सय २२ पाइन् ।
त्यसैगरी, उपाध्यक्षमा जसपाकी जयन्तीदेवी श्रीवास्तवले तीन हजार आठ सय ७९ मत पाएर विजयी भइन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अतिकुन निशाले तीन हजार ६ सय ७२ मत पाइन् । भने, एमालेका पञ्चराम यादवले दुई हजार आठ सय ४ मत पाएका छन् ।

Previous articleजानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी निर्वाचित
Next articleतुल्सीपुर उपमहानगर : सत्तागठबन्धनका उम्मेदवारलाई एमालेले उछिन्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here