जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी निर्वाचित

कैलाली, ७ जेठ, २०७८ ।


कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार निर्वाचित भएका छन् । लामो समयदेखि कान्तिपुर दैनिक कैलालीको सम्बाददाता भएर काम गरेका पत्रकार गणेश चौधरीले सात हजार एक सय ५१ मत पाए अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम महतौले पाँच हजार दुई सय ४२ मत पाउँदा एमालेका टंकबहादुर बमले चार हजार दुई सय ४१ मत पाए ।
त्यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६ हजार पाँच सय २६ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा माओवादीका जयप्रकाश दहितले चार हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् ।

Previous articleकैलालीमा रेशम चौधरीको लोकप्रियता : नागरिक उन्मुक्ति पार्टीले तीन पालिका जित्यो, एक पालिका जित नजिक
Next articleनरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः जसपाका शाह र श्रीवास्तव विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here