घोराही उपमहानगरपालिका : महागठबन्धनलाई पराजित गर्दै एमालेका नरुलाल चौधरी र हुमा डिसी विजयी

बाँके, ५ जेठ, २०७९ ।


दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो विरासत जोगाएका छन् । उनले ३१ हजार सात सय २८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी महागठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार तीन सय ६८ मत प्राप्त गरेका थिए । चौधरी र शर्माको मत अन्तर पाँच हजार तीन सय ६० छ ।

त्यस्तै उपमेयरमा एमालेकै हुमा डिसी विजयी भएकी छन् । डिसीले महागठबन्धनको तर्फबाट कांग्रेसका भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३० हजार चार सय तीन मत प्राप्त गरेकी छन् । उनका निकतम प्रतिस्पर्धी डाँगीले ३० हजार पाँच सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डाँगी २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट घोराहीको मेयरमा उम्मेदवार थिए । त्यतिबेला एमालेका नरुलाल चौधरीका निकटम प्रतिद्वन्दी रहेका उनी महागठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बने पनि पराजित भएका छन् ।
१९ वटा वडा रहेको घोराहीमा एमालेले वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७, १८ गरि १३ वटा वडामा जित निकाल्न सफल भएको छ । अघिल्लो निर्वाचनमा तीन वटा वडा जितेको माओवादी केन्द्रले यस पटक एउटा वडा मात्र जितेको छ । माओवादी केन्द्रले वडा नं. ९ मा मात्र जित निकालेको छ । त्यस्तै कांग्रेसले ५ वटा वडामा जित निकाल्न सफल भएको छ । कांग्रसले वडा नं १०, १३, १५, १६ र १९ नं वडामा जित निकाल्न सफल भएको हो । घोराहीमा सत्तापक्ष गठबन्धन थियो । जसमा मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसको भागमा थियो ।

Previous articleबर्दियाको राजापुर नगरपालिकाको मेयर, उपमेयर र वडा अध्यक्षमा १० जना थारु निर्वाचित
Next articleकैलालीको टीकापुरको मेयरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका रामलाल विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here