कैलालीको टीकापुरको मेयरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका रामलाल विजयी

बाँके, ५ जेठ, २०७८ ।


कैलालीको टीकापुर नगरपालिकाको मेयरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले जितेको छ । टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा डिल्लीबजार कारागारमा जेल जिवन विताइरहेका निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवारले टीकापुर नगरपालिकाको मेयरमा विजयी भएका हुन् । उक्त पार्टीले स्थानीय तह चुनावमा पहिलो जित हात पारेको हो ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई तीन हजार बढी मत अन्तरले पराजित गरेका हुन् । थारूले नौँ हजार ६ सय ४२ मत पाएका छन् भने रावलले ६ हजार ६ सय ४२ मत पाए । निर्वाचित थारू टीकापुर–७ का निवर्तमान वडाध्यक्ष हुन् ।
उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका खडक शाहले जितेका छन् । शाहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई पराजित गरेका हुन् । शाहले सात ९ सय ५५ मत पाए भने विश्वकर्माले सात हजार आठ सय दुई मत ल्याइन् ।
उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नं. ४ र ५ मा वडाध्यक्ष जितेको छ । ०७४ को स्थानीय तह निर्वाचनमा टीकापुरको मेयर नेकपा एमालेले जितेको थियो ।

Previous articleघोराही उपमहानगरपालिका : महागठबन्धनलाई पराजित गर्दै एमालेका नरुलाल चौधरी र हुमा डिसी विजयी
Next articleकैलालीमा रेशम चौधरीको लोकप्रियता : नागरिक उन्मुक्ति पार्टीले तीन पालिका जित्यो, एक पालिका जित नजिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here