नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ मा एमालेका गोविन्द रेग्मीको प्यानल विजयी

बाँके, ४ जेष्ठ, २०७९ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ मा एमालेका गोविन्दप्रसाद रेग्मीको प्यानल विजयी भएको छ । बुधवार विहान सार्वजनिक मत परिणाम अनुसार चार सय ११ मत पाएर रेग्मीको प्यानल विजयी भएको हो । उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अकबर अलि शेष (गुड्डु) ले तीन सय ९६ मत पाएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मदेवार फरजन खानले तीन सय ६४ मत पाएका छन् । एमालेको तर्फबाट खुला सदस्यमा जयन्ती खत्री र ज्ञानबहादुर लामा तथा दलित महिला सदस्यमा मिना नेपाली र महिला सदस्यमा सीमा केसी निर्वाचित भएका छन् ।
यसअघि पनि उक्त वडामा दुई वडा सदस्य बाहेक अन्य पदमा एमालेले जितेको थियो ।

Previous articleकोहलपुरमा मत अन्तर घटाउँदै एमालेका भुसाल, उपमेयरमा २३ मतले एमाले पछाडी
Next articleडुडुवा गाउँपालिकामा पुनः नेपाली कांग्रेसका चौधरी र बानो विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here