डुडुवा गाउँपालिकामा पुनः नेपाली कांग्रेसका चौधरी र बानो विजयी

बाँके, ४ जेठ, २०७९ ।


डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । मंगलवार अवेर राती सार्वजनिक मत परिणाम अनुसार ६ हजार दुई सय ७२ मत ल्याएर नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी (कुर्मी) अध्यक्षमा विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टीका भण्डारीलाल यादवले पाँच हजार एक सय २५ र एमालेकी सरोजकुमारी यादवले तीन हजार सात सय १९ मत पाएकी छन् ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी साहिदा बानो विजयी भएकी छन् । उनले पाँच हजार आठ सय ८४ मतका साथ विजयी भएकी हुन् । उनका निकतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टीकी सरन्नुम बानोले चार हजार सात सय ५४ मत र एमालेका शकिल अहमद खानले चार हजार एक सय ५४ मत पाएका छन् ।
डुडुवा गाउँपालिकामा यस अघि पनि कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानोले जितेका थिए ।
उक्त गाउँपालिकामा जनता समाजबादी पार्टीले तीन वडा जितेको छ भने एमालेले दुई र नेपाली कांग्रेसले एउटा वडामात्र जितेको छ ।

Previous articleनेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ मा एमालेका गोविन्द रेग्मीको प्यानल विजयी
Next articleबाँकेको खजुराको अध्यक्षमा माओवादी केन्द्रका ‘तुफान’ निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here