राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु विजयी

बाँके, ३ जेठ, २०७९ ।


राप्तीसोनारी गाउँपालिकाको कुनै वडा नजिते पनि नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । कांग्रेसका तप्तबहादुर पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु विजयी भएका छन् ।
पौडेलले १० हजार एक सय ११ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पट्टु थारुले ९ हजार दुई सय ९२ मत पाएका छन् । त्यसैगरी एमालेका रामदाश थारुले ९ हजार एक सय ४० मत पाएको निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
त्यसैगरी उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार एक सय ३४ मत ल्याएर विजयी भएकी छन् । उनका निकतम प्रतिद्वन्द्व एमालेकी चमेलीकुमारी बाकबलले ९ हजार तीन सय ४१ मत पाइन् । माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार मञ्जु रोकायले आठ हजार सात सय ९३ मत पाएको निर्वाचन अधिकृत केसीले बताए ।
नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जिते पनि सवै वडा अध्यक्ष गुमाएको छ । राप्तीसोनारीमा एमालेले १, २, ३, ८ र ९ को वडा अध्यक्षसहित प्यानल जितेको छ । दोस्रोमा रहेको माओवादी केन्द्रले वडा नं. ४, ५ र ७ जितेको छ भने राप्रपाले वडा नं. ६ जित हात पारेको छ ।
राप्तीसोनारीमा यसअघि पनि नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

Previous articleराप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसका तप्त पौडेल विजयी, सार्वजनिक हुन बाँकी
Next articleकोहलपुरमा मत अन्तर घटाउँदै एमालेका भुसाल, उपमेयरमा २३ मतले एमाले पछाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here