राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसका तप्त पौडेल विजयी, सार्वजनिक हुन बाँकी

बाँके, ३ जेठ, २०७९ ।


राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु विजयी भएका हुन् । तर, औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
मतगणना सकिए पनि वडा नं. ६ र ७ को परिणाम सार्वजनिक गर्न बाँकी रहेको निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले बताए । उनले पौडेल र थारु अगाडी भए पनि विजयी भएको अहिले नै भन्न नसकिने बताए ।
राप्तीसोनारीको १, २, ३, ८ र ९ मा एमालेले जितेको छ । माओवादीले वडा नं. ४, ५ र ७ जितेको छ भने राप्रपाले वडा नं. ६ जितेको बताइएको छ ।

Previous articleघोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १८ सयले अगाडी
Next articleराप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here