कोहलपुरमा मत अन्तर घटाउँदै एमालेका भुसाल, उपमेयरमा २३ मतले एमाले पछाडी

बाँके, ३ जेठ ।


एमालेबाट कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवार खिलप्रसाद भुसालले मत अन्तर घटाउँदै लगेका छन् । नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्यसँग पाँच सय मत अन्तरले पछाडी रहेका भुसालले अहिले घटाएर एक सय ९ मा झारेका छन् । आचार्यले तीन हजार नौँ सय ४४ मत पाउँदा नेकपा एमालेका भुसालले तीन हजार आठ सय ३५ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र न्यौपाने तीन हजार पाँच सय ६ प्राप्त गरि तेस्रो स्थानमा छन् ।
यसैगरी उपमेयरमा संगिता सुवेदीले चार हजार एक सय ८८ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् । नेकपा एमालेकी अस्मिता चौधरीले चार हजार एक सय ६५, नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले एक हजार ६ सय ६८ मत प्राप्त गरेकी छन् । कांग्रेसकी सुवेदी भन्दा एमालेकी चौधरी २३ मतले मात्र पछाडी छिन् । कोहलपुरमा अहिलेसम्म १, २, ३, १४ र १५ को मतगणना सकिएको छ ।

Previous articleराप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु विजयी
Next articleनेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ मा एमालेका गोविन्द रेग्मीको प्यानल विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here