घोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १८ सयले अगाडी

बाँके २, जेष्ठ, २०७९ ।


घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई एक हजार आठ सय २७ मत अन्तरले पछाडी पारेको छ । दिउँसोसम्म ३६ हजार ३१ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरीले १३ हजार एक मतसहित अग्रस्थानमा छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले ११ हजार एक सय ७४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि एमालेकै हुमा डिसी अगाडि छिन् । डिसीले १२ हवार पाँच ससय २२ मत प्राप्त गरेकी छिन् । गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले १२ हजार चार सय ५० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा यसअघि एमालेले जितेको थियो । त्यहाँ ७६ हजार पाँच सय ५२ मत खसेको थियो ।

Previous articleघोराही उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो
Next articleराप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसका तप्त पौडेल विजयी, सार्वजनिक हुन बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here