राप्तीसोनारी वडा नं. ३ मा एमालेको प्यानल विजयी

बाँके, १ जेठ, २०७९ ।


राप्तीसोनारी गाउँपालिका वडा नं. ३ को वडा अध्यक्ष सहित एमालेको प्यानल विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार तीन सय ४३ मत ल्याएर विजयी भए ।
यसैगरि, महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुल्ला सदस्यतर्फ पुन्वा थारु र मंगलबहादुर ओली विजयी भएका छन् । अघिल्लो निर्वाचनमा उक्त वडामा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको थियो । यो संगै राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।

Previous articleराप्तीसोनारीमा एमालेका रामदाशको अग्रता कायमै
Next articleराप्तीसोनारीमा एमालेका रामदाशले अग्रता बढाउँदै, पौडेल भन्दा एक सय ५७ मतले अगाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here