राप्तीसोनारीमा एमालेका रामदाशले अग्रता बढाउँदै, पौडेल भन्दा एक सय ५७ मतले अगाडी

बाँके, १ जेष्ठ, २०७९ ।


राप्तीसोनारी गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । आइतवार विहान ७ बजे गरिएको मत परिणाम अनुसार एमालेका रामदाश थारुले तीन हजार एक सय ९४ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका तप्त पौडेलले पछ्याइरहेका छन् । पौडेलले दुई हजार ९ सय ७१ मत पाएका छन् । माओवादी केन्द्रका पट्टु थारुले एक हजार पाँच सय ६१ मत पाएर तेस्रो स्थानमा छन् ।
उपाध्यक्षमा पनि एमालेकी चमेली बाकवलले अग्रता फराकिलो गर्दै गएकी छन् । उनले तीन हजार दुई सय ६५ मत पाउँदा कांग्रेसका उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले दुई हजार ९ सय ५६ र माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार मञ्जु रोकायले एक हजार दुई सय ८० मत पाएको केसीले जानकारी दिए ।

Previous articleराप्तीसोनारी वडा नं. ३ मा एमालेको प्यानल विजयी
Next articleनरैनापुर गाउँपालिका : अझैँ सुचारु भएन मतगणना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here