घोराही उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो

बाँके, १ जेष्ठ ।


घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई पछि पारेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएको गठबन्धनलाई पछिल्लो समय पछाडी पारेको हो ।

एमालेबाट मेयर पदका उम्मेदवार नरुलाल चौधरीले सात हजार ४५ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले सात हजार १० मत प्राप्त गरेका छन् ।
तर, उपप्रमुखमा गठबन्धनका उम्मेदवार कांग्रेसका भुपबहादुर डाँगी नै अगाडि छन् । डाँगीले सात हजार चार सय ४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हुमा डिसीले ६ हजार सात सय ८७ मत प्राप्त गरेकी छिन् । अहिले घोराहीका ७ वटा वडाको मतगणना भइरहेको छ ।

Previous articleनरैनापुर गाउँपालिका : अझैँ सुचारु भएन मतगणना
Next articleघोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १८ सयले अगाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here