राप्तीसोनारीमा एमालेका रामदाशको अग्रता कायमै

बाँके, ३१ बैशाख, २०७९ ।


राप्तीसोनारी गाउँपालिकामा एमालेले अग्रता कायमै राखेको छ । राप्तीसोनारी गाउँ पालिकामा बेलुका ७ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका रामदाश थारुले एक हजार तीन सय ८४ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका तप्त पौडेलले पछ्याइरहेका छन् । कुल तीन हजार आठ सय ७७ मतगणना हुँदा नेपाली कांग्रेसका तप्त पौडेलले एक हजार तीन सय ४५ मत पाएका छन् ।
त्यसैगरि, उपाध्यक्षमा पनि एमालेकी चमेली बाकवलले अग्रता कायमै राखेकी छन् । उनले एक हजार तीन सय ९३ मत पाउँदा कांग्रेसका उपाध्यक्षका उम्मेदवार एक हजार तीन ३०३ मत पाएको निर्वाचिन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।
त्यसैगरि, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६ सय ५८ र उपाध्यक्षका उम्मेदवार मञ्जु रोकायले पाँच सय ६६ मत पाएको केसीले जानकारी दिए ।
पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवारले ८८ र उपाध्यक्षका उम्मेदवारले एक सय सात मत पाएका छन् । जनता समाजबादी पार्टीले २० पाएको उनले बताए ।

Previous articleटीकापुर नगरपालिका : ठूला दललाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टीको अग्रता
Next articleराप्तीसोनारी वडा नं. ३ मा एमालेको प्यानल विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here