नेपालगन्ज उपमहानगरमा कांग्रेसको सुरुवाती अग्रता

बाँके, ३१ बैशाख, २०७९ ।


नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा एक सय ९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले ६८, नेकपा एमालेका शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्तीमगरले सात मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र २२ को पनि मतगणना तयारी भएको उनले बताए ।

Previous articleराप्तीसोनारीमा एमालेका रामदाशले लिए अग्रता
Next articleभरतपुर मतगणना : १०१ मत गणना हुँदा एमालेको सुरुवाती अग्रता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here