टीकापुर नगरपालिका : ठूला दललाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली, ३१ बैशाख, २०७९ ।


टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । चार सय मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीका मेयरका उम्मेदवार रामलाल डंगौरा थारूले एक सय ३७ मत पाएर अग्रता लिएका छन् । नेकपा एमालेका श्याम खत्रीले ६८ मत पाएका छन् । भने, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नवराज रावलले ५५ मत पाएका छन् ।
त्यसैगरी, उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै उल्कादेवी विश्वकर्मा एक सय २४ मतसहित अग्र स्थानमा छिन् । उपमेयरमा एमालेका उपमा केसीले ४१ र गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार खडक शाहले ४० मत पाएका छन् ।
कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी हालै गठन भएको थियो ।

Previous articleभरतपुर मतगणना : १०१ मत गणना हुँदा एमालेको सुरुवाती अग्रता
Next articleराप्तीसोनारीमा एमालेका रामदाशको अग्रता कायमै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here