स्थानीय तह निर्वाचन : बाँकेमा चार हजार सुरक्षाकर्मी परिचालन

बाँके, २८ बैशाख, २०७९ ।


स्थानीय तहको निर्वाचनका लागि बाँकेमा चार हजार सुरक्षाकर्मी परिचालन भएका छन् । बाँकेमा अतिसंबेदनशिल र संवेदनशिल गरि दुई थरिको मतदान स्थल र मतदान केन्द्रको बर्गिकरण गरि सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
निर्वाचन स्थल, उम्मेदवार तथा मतदाता र मतपेटिकाको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उनले बाँकेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताए । ‘बाँकेका विभिन्न मतदान स्थल र मतदान केन्द्रमा निजामती कर्मचारी, अर्ध सरकारी र सुरक्षाकर्मी गरी ६ हजार दुई सय जना परिचालन भएकाछन्,’ उनले भने ।
बाँकेमा एक सय ३६ मतदान केन्द्र र तीन सय ७९ मतदान स्थल रहेका छन् । ति मध्ये एक सय ६ मतदान केन्द्र अतिसंवेदनशील र ३० मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको बताए । ‘सुरक्षा विश्लेषणको आधारमा सुरक्षा प्रबन्ध मिलाइएको छ,’ प्रजिअ खत्रीले भने ।

Previous articleमध्य रातबाट ३० बैशाख बेलुकी ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द
Next articleमनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका घले र उपाध्यक्षमा काँग्रेसकी लामा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here