मौन अवधि सुरु अघि नेपालगन्जमा एमालेको शक्ति प्रदर्शन (फोटो र भिडियोसहित)

बाँके, २७ बैशाख, २०७९ ।


एमालेले मंगलवार नेपालगन्जमा शक्ति प्रदर्शन गरेको छ । धम्बोझी चोकबाट सुरु भएको प्रदर्शन घरबारी टोली, बागेश्वरी मन्दिर, सदरलाईन, त्रिभुवन चोक हुँदै वीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई एमालेका नेपालगन्ज उपमहानगरपालिका मेयरका उम्मेदवार पशुपति दयाल मिश्र र उपमेयरका उम्मेदवार शान्तिदेवी ढकालले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार मिश्रले सूर्यमा मतदान गरि परमादेशी सरकारलाई सवक सिकाउन दातासँग आग्रह गरे ।
उनले परमादेशबाट सरकारका कारण देशको अर्थतन्त्र खस्केको बताउँदै उनले एमालेको पक्षमा जनलहरले सत्तागठबन्धन दल हतोत्साही भएको बताए । उनले सूर्य ध्वजाबाहक उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
उपमेयरका उम्मेदवार ढकालले सत्तागठबन्धन दलले महिलालाई उपेक्षा गरेको बताइन् । उनले गठबन्धन दलबाट मेयर र उपमेयरमा पुरुष उठेको बताउँदै कानूनले दिएको अधिकार हनन् गरेको बताइन् । उनले महिलालाई गरेको अपमानको जवाफ मतदानबाट दिनुपर्ने बताइन् ।


हेर्नुस भिडियो :

https://youtu.be/-baKoGHIAn0

Previous articleदंगीशरण गाउँपालिका : ‘एक वडा, एक उद्यम’ कार्यक्रम ल्याउने एमालेको प्रतिवद्धता
Next articleमध्य रातबाट ३० बैशाख बेलुकी ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here