दंगीशरण गाउँपालिका : ‘एक वडा, एक उद्यम’ कार्यक्रम ल्याउने एमालेको प्रतिवद्धता

बाँके, २७ बैशाख, २०७९ ।


नेकपा एमाले दंगीशरण गाउँपालिकाका उम्मेदवारले महत्वाकांक्षी योजना अघि सारेका छन् । यसअघिको एमाले नेतृत्वको दंगीशरण गाउँपालिका सरकारले ल्याएको महत्वाकांक्षी योजनालाई पछ्याउँदै अध्यक्षका उम्मेदवार मेघनाध (एम.एन) शाह नेतृत्वको प्यानलले पनि गाउँपालिकालाई कायापलट गर्ने योजना ल्याएको छ ।
एमाले सरकारले ल्याएको जेष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता लिन बैंकमा कुर्नु पर्ने बाध्यताको अन्त्य गरि सम्बन्धित व्यक्तिलाई घरमै पुर्याउने ब्यवस्था मिलाउने एमाले दंगीशरण गाउँपालिका अध्यक्षका उम्मेदवार शाहले बताए । उनले ‘एक वडा, एक उद्यम’ कार्यक्रम संचालन गरि स्वदेशमा रहेका र विदेशबाट फर्किएका युवालाई उद्यमशील बनाउन सिपमुलक तालिम दिई उद्यम संचालनका लागि अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
महिला सशक्तीकरणका लागि उधमशिलतामा जोड दिँदै ‘समान काम, समान ज्याला’ को व्यवस्था गरिने शाहको प्यानलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ । सुत्केरी महिला, तत्काल बिरामी तथा दुर्घटनामा परि घाइतेलाई गाउँपालिका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सका रुपमा संचालन गरिने बताउँदै उनले गरिव तथा न्यून आय भएका नागरिकलाई गाउँपालिकामा रहेको एम्बुलेन्स भाडामा छुट दिने भएको छ । ‘थारु कला, संस्कृति तथा परम्पराको संरक्षण हुनेगरी थारु संग्रहालय तथा पर्यटकीय स्थल र होमस्टे निर्माण गरिने छ,’ एमाले दंगीशरण गाउँपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुल, खाद्यान्न बाली, दुधजन्य, मासु तथा माछालाई समयमा, सहज र सुहलियत भाडा दरमा बजार पुर्याउन गाउँपालिकामा कृषि एम्बुलेन्सको व्यवस्था गर्ने शाहले बताए । उनले उत्पादित वस्तुको उचित मूल्य र बजारीकरणको ग्यारेन्टी गर्ने प्रतिवद्धता गरेका छन् । ‘एक वडा, एक कृषि, एक उधम“ कार्यक्रम अन्तर्गत पकेट क्षेत्रका रुपमा प्रत्येक वडामा आधुनिक, प्रविधियुक्त कृषि उधम र किसानलाई अनुदानमा कृषि औजार, उन्नत बीउ विजन तथा पशुपंक्षी, प्राङगारिक–जैविक मल, जलवायु परिवर्तनमैत्री कृषि प्रणाली र अर्गानिक खेतीको विकास गर्नुको साथै कृषि बिमा कार्यक्रम संचालन गरिने छ,’ शाहको प्यानलले जारी गरेको प्रतिवद्धता पत्रमा भनिएको छ ।
त्यसैगरि, जेष्ठ नागरिक, अपाङ्गता तथा गरिव परिवारलाई निःशुल्क औषधी उपचार र हरेक वडामा हरेक महिना स्वास्थ्य परिक्षण सँगै औषधि प्रदान गर्ने योजना पनि एमालेले अघि सारेको छ ।

Previous articleभ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिदयाल मिश्रको ‘अब्बल’ योजना
Next articleमौन अवधि सुरु अघि नेपालगन्जमा एमालेको शक्ति प्रदर्शन (फोटो र भिडियोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here