वडा अध्यक्षका उम्मेदवार मध्ये वडा नं. ९ मा सवैभन्दा बलियो गोविन्द रेग्मी

बाँके, २६ बैशाख, २०७९ ।


३० बैशाख नजिकिदै गएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले जित निकाल्न अनेक हतकण्डा प्रयोग गरिरहेका छन् । मतदाता रिझाउन उम्मेदवारहरु ब्यस्त छन् । नेपालगन्ज उपमहानगरपालिका ९ नं. वडामा पनि राजनीतिक दल र उम्मेदवारहरुले यस्तै गरिरहेका छन् । तर, वडा नं. ९ मा नेकपा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार गोविन्द रेग्मी र उनको प्यानल सवैभन्दा अगाडी देखिएको छ ।
आफू बस्ने समावेशी टोललाई नेपाालगन्जकै उदाहरणिय बनाएका रेग्मीको पक्षमा जनलहर उर्लिएको छ । उनले वडा नं. ९ लाई नै नेपालगन्जको सवैभन्दा उत्कृष्ट बनाउने बाचाका साथ चुनावी मैदानमा छन् । वडा नं. को टोल–टोलका मतदाताले रेग्मी र उनको समुहका उम्मेदवारलाई भोट दिने बाचा गर्दै चुनावी अभियानमा जुटेका छन् ।


मतदातालाई हौसला प्रदान गर्न र मत बदर कम गर्न मतदाताहरु नमुना मतपत्र बोकेर मतदाताको घरदैलोमा पुगेपछि उनको पक्षमा माहोल झनै बढेको छ । चुनावी घरदैलो अभियान पूरा भएपछि उत्साहित देखिएका रेग्मीले मतदातालाई मत हाल्न सिकाउँदै पुनः घरदैलो सुरु गरिएको बताए ।
एमालेका पुराना र त्यागी नेताका रुपमा चिनिने रेग्मी स्थानीयमाझ अत्यन्तै लोकप्रिय छन् । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् । वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा रेग्मीको जोड छ । सीमान्कृत समुदायको आर्थिक विकासका लागि सीपमुलुकदेखि आर्यआर्जनका कार्यक्रम ल्याउने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएका छन् ।


पछिल्लो समय युवा पुस्ता लागु पदार्थ दुर्व्यसनमा फस्ने गरेको भन्दै यसलाई रोक्न युवालाई खेलकुदप्रति आकर्षित गर्ने गरी योजना बनाइएको पनि उनले सुनाए । ‘जिवनको महत्वपूर्ण कालखण्ड समाजसेवामै विताएँ,’ उनले भने, ‘अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नेपालगन्जकै नमुना बनाउने इच्छा छ ।’
राजनीतिसँगै उमेरमा पनि परिपक्व, सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले रेग्मीलाई जिताउन अभियान थालेका छन् । ‘स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ’ मतदाताहरु भन्छन्–‘गोविन्द रेग्मी सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार हो, उहाँको विकल्प छैन् ।’
रेग्मीको प्यानलबाट वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् । सीमा केसी यसअघि कार्यबहाक वडा अध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन् । जयन्ती खत्री द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष हुन् ।

Previous articleदंगीशरण गाउँपालिकाका जेष्ठ नागरिक भन्छन् – हामीलाई पाल्ने एमाले हो, भोट एमालेलाई दिन्छौँ (फोटो फिचर)
Next articleनेपालगन्ज उपमहानगर : शान्ति ढकालले सत्तागठबन्धनको सहानुभूति भोट पाउने निश्चित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here