नेपालगन्ज उपमहानगर : शान्ति ढकालले सत्तागठबन्धनको सहानुभूति भोट पाउने निश्चित

बाँके, २६ बैशाख, २०७९ ।
यस पटकको स्थानीय तह निर्वाचनमा राजनीतिक आस्थाको आधारमा भन्दा ब्यक्तिगत चरित्र र ब्यक्तित्वको आधारमा भोट दिने मनस्थिति नेपालगन्जबासीले बनाएका छन् । यसको फाइदा नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार शान्तिदेवी ढकाललाई पुग्ने भएको छ । उनले एमालेसँगै सत्तागठबन्धन दलले आफ्नो दावी गर्दै आएका मतदाताको समेत भोट पाउने निश्चित भएको छ । नेपालगन्जका अधिकांश मतदाताले यस पटक उपमेयरमा जिताएर समग्र नेपालगन्जको विकास चाहेका छन् ।
उपमेयरकी उम्मेदवार ढकाल राजनीतिसँगै सामाजिक कार्यमा अग्रसर छिन् । उनी महिला उपकार मंचमा रहेर महिला उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनले झण्डै दुई हजार महिलालाई रोजगार गर्ने बातावरण मिलाएकी छन् । सामाजिक आन्दोलनको अगुवा समेत रहेकी उनीसँग राजनीतिमा लामो अनुभव छ ।
जन्मथलो चितवन भएकी ढकालले २०३६ सालको विद्यार्थीबाट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् । उनी २०४४ सालदेखि निरन्तर राजनीतिमा छिन् ।


नेपालगन्ज उपमहानगर २०, राँझा एयरपोर्टमा बस्दै आएकी उनको जिवनमा धेरै उतारचढाव नआएका होइनन् । तर, पनि उनले हिम्मत हारिनन् । चितवनबाट आएपछि जिवन गुजारा गर्न उनले एयरपोर्टमा सानो घुम्ती पसल गरिन् । त्यसपछि जिवनलाई सहज बनाउन उनले करिव दुई वर्ष मध्यपश्चिम ग्रामीण विकास वैंकमा फिल्ड सहायक पदमा काम गरिन् ।
उनले ०५२ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरिन् र इलाका कमिटीको सदस्य भइन् । त्यसपछि उनी बाँके जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बन्न सफल भइन् । उनी लगातार तीन कार्यकाल जिल्ला कमिटी सदस्य भएर सर्वहारा बर्गको अधिकारका लागि वकालत गरिन् ।
एमाले भेरी अञ्चल समन्वय कमिटीको सदस्य समेत भइसकेकी ढकालसँग पार्टी र पार्टीको भ्रातृ संगठनमा काम गरेको लामो अनुभव छ । अखिल नेपाल महिला संघको जिल्ला हुँदै उनी हाल केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छिन् । उनी अहिले एमालेको केन्द्रिय सदस्य तथा बाँके सह–इन्चार्जको जिम्मेवारीमा छिन् । महिला उपकार मंच कोहलपुरको अध्यक्ष भएको बेला उनले सय बढि हिंसा पीडित महिलालाई न्याय र पीडकलाई सजाय दिलाइन् ।
एनको आर्थिक, प्रशासनिक र न्यायिक क्षेत्रमा पनि राम्रो अनुभव छ । संघ, संस्थामा रहदा उनले अन्तर्राष्ट्रिय गोष्ठीमा समेत भाग लिन भारत, बंगलादेश, दुवई, थाइल्यान्ड र फिलिपिन्सको भ्रमण गरि विदेशको अनुभव संगालेकी छन् । उनी नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, लायन्स क्लव अफ नेपालगन्ज सिद्दिविनायकको सदस्य पनि हुन् ।
गठबन्धनमा नेपालगन्जको मेयरमा कांग्रेसको तर्फबाट प्रशान्त बिष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राइको उम्मेदवारी छ । गठबन्धनबाट महिला उम्मेदवार नभएकोले काँग्रेस र जसपाको भोट समेत उपमेयरकी उम्मेदवार ढकालले पाउने निश्चित छ । ‘काँग्रेसको उपमेयरको उम्मेदवार नभएकोले कट्टर काँग्रेसीहरुले पनि उपमेयरमा ढकाललाई भोट दिने पक्का छ,’ नेपालगन्जका एक नेताले भने ।

Previous articleवडा अध्यक्षका उम्मेदवार मध्ये वडा नं. ९ मा सवैभन्दा बलियो गोविन्द रेग्मी
Next articleभ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिदयाल मिश्रको ‘अब्बल’ योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here