दाङ, २५ बैशाख, २०७९ ।
०५१ सालमा एमालेका मनमोहन अधिकारी देशको पहिलो कम्यूनिष्ट प्रधानमन्त्री बने । उनले ‘आफ्नो गाउँ, आफै बनाऔँ’ अभियान अघि बढाएर गाउँमा विकासको सुरुवात गरे । गाउँको विकासका लागि बजेट विनियोजन गरे । गाउँ–गाउँमा सडक बन्न थाले । र, सडकसँगै सहरमा केन्द्रित सवारी साधन गाउँ पुग्ने भए । एमालेका तत्कालिन प्रधानमन्त्री मनमोहनले नै जेष्ठ नागरिकको सुविधाका लागि बृद्ध भत्ताको ब्यवस्था गरे ।
पोषिलो खानेकुरा किनेर खान सजिलो होवस् भन्ने हेतुले उनले प्रति महिना एक सय रुपैँया दिने नीति अघि सारे । बृद्ध भत्ता पाएपछि जेष्ठ नागरिकमा खुसी छायो । त्यतिबेला सय रुपैँया अहिलेको दुई हजार जतिकै महत्व थियो । छोराछोरीसँग हात थाप्नुपर्ने समस्या अन्त्य भएपछि बृद्धबृद्धाले एमालेको जयजयकार गर्ने भए । अहिले बढेर मासिक चार हजार पाउन थालेका छन् । ‘एमालेको सरकारले बृद्ध भत्ता दिने थिती बसाल्यो, अहिले बढेर मासिक चार हजार भएको छ, यो पनि एमालेको सरकारले बढाएको हो,’ दंगीशरण गाउँपालिका १, फुर्केसल्लीका टोपेन्द्र थापाले भने ।

एमालेले लगाएको गुण बृद्धबृद्धाले विर्सिएका छैनन् । उनीहरु एमालेको गुण तिर्न फेरि पनि एमालेका उम्मेदवारलाई जिताउन प्रयासरत छन् । दंगीशरण गाउँपालिकाका बृद्धबृद्धा एमाले जिताऊ अभियानमा लागेका छन् । बुढेसकालको सहारा एमाले बनेको छ । एमालेले लगाएको गुणको पैँचो तिर्न बाँकी नै छ,’ दंगीशरण गाउँपालिका ७ का प्रेम नेपालीले भने, ‘जसले सहारा दिन्छ त्यसलाई भोट दिनु पर्छ । नुनको सोझो गर्नु पर्छ ।’
एमाले सरकारले बृद्ध भत्ता ब्यवस्था गरेकाले यसपाली पनि एमालेलाई भोट हाल्ने उनीको भनाई छ । बृद्ध भत्ताले आत्मसम्मान सँगै छोराछोरीले गर्ने ब्यवहार फेरिएको दंगीशरण गाउँपालिका ३ रातगाउँका मोहलाल चौधरीले बताए । उनले बृद्ध भत्ता पाएपछि धेरैले सुख पाएको बताए । ‘बृद्धभत्ता नपाएको भए छोराबुहारी, नातीनातिनासँग हात थाप्नु पथ्र्यो । भत्ता पाउन थालेपछि माग्ने नभई दिने भएका छौँ । आफूलाई मन लागेको किनेर खान्छौँ । आनन्द भएको छ,’ उनले भने ।

जेष्ठ नागरिकले सूर्यमा छाप लगाउँन सिकाई मागेका छन् । ‘यसपाली पनि सूर्यमा भोट हाल्छु, लौन बाबु सिकाई देऊ,’ दंगीशरण ६, राजपुरका रामबहादुर ओलीले भने । जेष्ठ नागरिकहरु एमालेकै पक्षमा रहेको उनले बताए ।
नेकपा एमाले दंगीशरण गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मेघनाथ शाह –एमएन) ले आफ्नो नेतृत्वको सरकारले दंगीशरणका जेष्ठ नागरीकलाई घर–घरमै भत्ता पु¥याउने योजना अघि सारेका छन् । उनले बृद्धभत्ता बुझ्न टाढा जानुपर्ने समस्या अन्त्य गरि घरमै बृद्धभत्ता पुर्याउने प्रतिवद्धता जनाएका छन् । ‘मेरो टिमले जित हासिल गरे जेष्ठ नागरिकको समस्यालाई पहिलो प्राथमिकता दिने छ । बृद्धभत्ता लगायत अन्य सेवा घरमै पुर्याइने छ,’ उनले भने ।
हेर्नुस थप फोटो :








