रामदाशको प्रतिवद्धता : कोल्ड स्टोर र दुध चिस्यान केन्द्र स्थापना, कृषकलाई पेनसनको ब्यवस्था

राप्तीसोनारीलाई दुधको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि अगाडी सारेका छन् । बाँकेलाई पुग्ने दुध उत्पादन गर्नसक्ने क्षमता राप्तीसोनारीका किसानसँग छ, तर बजार नपाउँदा उत्पादन भएको दुध खेर गई किसान मर्कामा परेका छन् । ‘म अध्यक्षमा विजय भए भने किसानको दुध गाउँपालिकाले खरिद गर्ने ब्यवस्था मिलाउँछु । चिस्यान केन्द्र स्थापना गरि दुध उत्पादनमा जोड दिई राप्तीसोनारीलाई दुधमा आत्मनिर्भर बनाइने छ,’ अध्यक्षका उम्मेदवार थारुले भने ।

बाँके, २४ बैशाख, २०७९ ।


एमालेकाको तर्फबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार रामदाश थारुले राप्तीसोनारीलाई कृषिको पकेट क्षेत्र बनाएर अर्गानिक खेति गर्ने योजना अघि सारेका छन् । राप्तीसोनारी गाउँपालिका कृषिका लागि उर्वर भूमि भए पनि यसअघि निर्वाचित जनप्रतिनिधिले योजना बनाउन नसकेका कारण कृषक मारमा परेको बताए ।
उनले राप्तीसोनारीमा उत्पादित तरकारीको भण्डारण गर्न कोल्डस्टोर स्थापना गरिने बताउँदै बजारिकरणका लागि कृषि सहकारी स्थापना गरिने प्रतिवद्धता जनाएका छन् । ‘राप्तीसोनारीमा उत्पादित तरकारीले बजार नपाउँदा उत्पादक किसान हतोत्साहित भएको अवस्था छ । उत्पादन भएको तरकारी राख्ने ठाउँ नहुँदा कुहिएर खेर गई किसान मर्कामा पर्नु परेको छ,’ उनले भने, ‘कृषकको हितमा बजेट विनियोजन गरि कृषि उत्पादनमा बृद्धि गर्ने योजना बनाउने छु ।’
उनले राप्तीसोनारीलाई दुधको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि अगाडी सारेका छन् । ‘बाँकेलाई पुग्ने दुध उत्पादन गर्नसक्ने क्षमता राप्तीसोनारीका किसानसँग छ, तर बजार नपाउँदा उत्पादन भएको दुध खेर गई किसान मर्कामा परेका छन् । म अध्यक्षमा विजय भए भने किसानको दुध गाउँपालिकाले खरिद गर्ने ब्यवस्था मिलाउँछु । चिस्यान केन्द्र स्थापना गरि दुध उत्पादनमा जोड दिई राप्तीसोनारीलाई दुधमा आत्मनिर्भर बनाइने छ,’ अध्यक्षका उम्मेदवार थारुले भने ।
उनले राप्तीसोनारीमा आयआर्जनको प्रशस्त सम्भावना भएको बताए । दुधका लागि गाई, भैँसी र मासुका लागि बाख्रा पालन ब्यवसायलाई बढावा दिने उनले प्रतिवद्धता जनाएका छन् । ‘राप्तीसोनारीलाई दुध र मासुमा आत्मनिर्भर बनाउन पशुपालन ब्यवसाय गर्ने किसानलाई आर्थिक सहयोग गरिने छ,’ उनले भने ।
उनले राप्तीसोनारीका पर्यटकीय स्थललाई थप ब्यवस्थित बनाई पर्यापर्यटनको माध्यमबाट आर्थिक बृद्धि गर्ने योजना ल्याइने स्पष्ट पारे । बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट हुने क्षति न्यूनिकरण गर्न विशेष योजना ल्याइने बताउँदै उनले पीडित परिवारलाई क्षतिपूर्तीको ब्यवस्था गरिने प्रतिवद्धता जनाएका छन् । ‘बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट हुने क्षति न्यूनिकरण गर्ने योजना गाउँपालिकाले ल्याएर राहत प्रदान गर्ने छ,’ उनले भने ।
उनले कृषकलाई पेनसनको ब्यवस्था गरिने बताए । ‘कृषि पेशा गर्दै आएका कृषकलाई पेशनको ब्यवस्था गरि उत्पादन बृद्धि गर्न प्रोत्साहन गरिने छ,’ उनले भने ।
थारुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवाललाई नेकपा एमालेले अगाडि बढाएको बताए । उनले राप्तीसोनारी गाउँपालिकामा प्राविधिक शिक्षालय संचालन गरिने बताए । आफु निर्वाचित भए एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने उनको भनाई छ ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदकी उम्मेदवार चमेली बाकबलले गाउँपालिका भित्र रहेका कृषिमा आीित वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गरिने बताइन् । उनले कृषि क्षेत्रको विकासका लागि सिँचाईको व्यवस्था गरिने बताइन् । ‘भारतीय तरकारीको आयात रोकेर किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने छ,’ उनले भनिन् ।
उनले महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने प्रतिवद्धता जनाइन् । ‘महिला लक्षित लघु उद्यम संचालन गरिने छ । प्रत्येक वडाका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति, आधुनिक प्रयोगशाला, निःशुल्क औषधि प्रदान तथा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने छ,’ उनले भनिन् ।

Previous articleयूवाका मार्गदर्शक र बृद्धबृद्धाको आड, भरोसाका केन्द्र ‘सुमन मल्ल’
Next articleपीडैपीडाका वीच सामाजिक कार्यमा सक्रिय ‘जयन्ती’ खुला सदस्यको उम्मेदवार (को हुन् जयन्ती ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here