यूवाका मार्गदर्शक र बृद्धबृद्धाको आड, भरोसाका केन्द्र ‘सुमन मल्ल’

पाँच बर्षमा उनले थुप्रै राम्रा काम गरे । वडा कार्यालयले गरेका काम र खर्च विवरण हरेक महिना सार्वजनिक गर्ने थिति बसाले । उनले वडा कार्यालयले दिने सेवालाई चुस्त, दुरुस्त बनाए । वडा कार्यालयमा आएका सेवाग्राहीलाई मुस्कान सहित फर्किने बातावरण मिलाए । वडाबाट नहुने काम गाउँपालिकासँग सहजीकरण गरे । जिल्लाबाट हुने कामका लागि उनी आफै सदरमुकाम आएर वडाबासीलाई सहयोग गरे । ‘उहाँ (सुमन) वडा अध्यक्ष भएको बेला निराश भएर फर्किनु परेन,’ सैनिककी ५४ बर्षिया मनकला घर्तीले भनिन् ।

बाँके, २३ बैशाख, २०७९ ।


नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल कहिलै झुठो बोल्दैनन् । ‘छोयो की पोल्यो’ भन्ने उखान झैँ उनी बोलेको कुरा फत्ते गरेरै छाड्छन् । बोलेको कुरा गरेरै छाड्ने बानीका कारण उनी सोँच, विचार गरेर मात्र बोल्छन् । त्यसैले त उनी यूवा पुस्ताका लागि मार्गदर्शक र बृद्धबृद्धाको आड, भरोसाको केन्द्र बनेका छन् । उहाँ (सुमन मल्ल) कम बोल्नु हुन्छ, तर बोलेको कुरा गरेरै छाड्नु हुन्छ, आश्वासन बाड्नु हुन्न, तर कबोल गरेको योजना तथा काम फत्ते गरेरै छाड्ने उहाँको बानी छ,’ खजुरा गाउँपालिका १, सैनिकका हेमन्त रानाले भने ।
वडा अध्यक्ष भएको बेला उत्कृष्ट काम गरेर उनले आफुलाई सफल जनसेवकको रुपमा उभ्याएका छन् । ०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय मल्ल ५ वर्ष अघि भएको स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिका १ नं. वडाबाट वडा अध्यक्षमा विजयी भए । र, विकास, निर्माण, सुशासन तथा पारदर्शितामा उल्लेख्य काम गरेर आफ्नो वडालाई बाँकेकै १ नं. बनाए ।
पाँच बर्षमा उनले थुप्रै राम्रा काम गरे । वडा कार्यालयले गरेका काम र खर्च विवरण हरेक महिना सार्वजनिक गर्ने थिति बसाले । उनले वडा कार्यालयले दिने सेवालाई चुस्त, दुरुस्त बनाए । वडा कार्यालयमा आएका सेवाग्राहीलाई मुस्कान सहित फर्किने बातावरण मिलाए । वडाबाट नहुने काम गाउँपालिकासँग सहजीकरण गरे । जिल्लाबाट हुने कामका लागि उनी आफै सदरमुकाम आएर वडाबासीलाई सहयोग गरे । ‘उहाँ (सुमन) वडा अध्यक्ष भएको बेला निराश भएर फर्किनु परेन,’ सैनिककी ५४ बर्षिया मनकला घर्तीले भनिन् ।
सुरुमा वडाबासीले उनको विश्वास गरेका थिएनन् । तर, उनले वडाबासीले दिएको विश्वासलाई घात गरेनन् । उनले पाँच बर्षमा सरल रुपमा काम गरे । वडा कार्यालयमा आएका सेवाग्राहीसँग नम्र ब्यवहार गरे । थोरै बोलेर धेरै काम गरे । उनको काम गर्ने शैली र ब्यवहारले उनलाई खजुरा गाउँपालिकाको नेतृत्व हाक्ने ठाउँसम्म पु¥याएको छ । उनले वडालाई हेर्ने लायक बनाए । विकास हेर्न खजुरा गाउँपालिका १ नं. वडामा जाऊ भन्ने थेगो बनाए ।
मल्लले राधापुरमा गरेको काम यतिबेला खजुरामा सर्बाधिक चर्चाको विषय बनेको छ । काम गर्ने शैली र सहयोग गर्ने बानीले उनको परिचय बदलिएको छ । उनी खजुरामा मात्र नभई जिल्लामा विकासे अध्यक्षको रुपमा चिनिएका छन् । राधापुरको विकास गर्नेले ब्यक्तिले समग्र खजुराको कायापलट गर्न सक्छ भन्ने बिश्वास आम खजुराबासीमा जागेको छ । त्यसैले त उनको घर, चोक, बजार र गाउँमा चर्चा चुलिएको छ । आम खजुराबासी मल्लको समर्थन गर्दै उनको पक्षमा उत्रिएका छन् । ‘अहिले पार्टी र आस्थाभन्दा विकास गर्ने, जनताको सुख, दुखमा साथ दिने, भ्रष्टाचार नगर्ने, सुशासन कायम गर्ने अध्यक्षका उम्मेदवार सुमन मल्ललाई भोट दिनुपर्छ भन्ने लहर चलेको छ,’ खजुरा गाउँपालिका ४ का सुशिल विसीले भने ।
उनले राधापुरमा सोलारबाट विद्युत उत्पादनको काम पनि अगाडी बढाएका छन् ।

Previous articleचिट्ठी पठाएर भावुक मात्र बनाएनन् सुमन मल्लले आशा, भरोसासमेत जगाए (चिट्ठीमा के छ ?)
Next articleरामदाशको प्रतिवद्धता : कोल्ड स्टोर र दुध चिस्यान केन्द्र स्थापना, कृषकलाई पेनसनको ब्यवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here