मजदुरका परिवारलाई निशुल्क स्वास्थ्य र शिक्षाको ब्यवस्था गर्ने मेयरका उम्मेदवार भुसालको प्रतिवद्धता

बाँके, २२ बैशाख, २०७९ ।


कोहलपुरको मेयर पदका एमाले उम्मेदवार खिलप्रसाद भुसालले मजजदुरलाई सम्मान सहितको उचित ज्याला दिने ब्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । अनौपचारिक क्षेत्रका महिला र पुरुष मजदुरलाई सम्मानसहितको समान ज्यालाको ब्यवस्था गरिने बताउँदै उनले औपचारिक क्षेत्रका मजदुरलाई पेन्सनको ब्यवस्था गरिने बताएका छन् ।
चुनावी अभियानका बेला बिहीवार अनौपचारिक क्षेत्रका मजदरहरुसँग उनले सम्मानसहितको काम र श्रम अनुसारको ज्याला उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । ‘श्रमिक बिना विकासको कल्पनासमेत गर्न सकिदैन, तर यहाँ श्रमिकलाई तल्लो दर्जाको नागरिकको रुपमा हेरिन्छ,’ उनले भने, ‘उचित काम र सहि ज्यालाका लागि मेरा पहल रहनेछ । तपाईहरु ढुक्क हुनुस् ।’
उनले आफू पनि मजदुरको क्षेत्रबाट राजनीतिमा आएको बताउँदै उनले मजदुरको ब्यथा मजदुरले बुझ्ने धारणा राखे । ‘मजदुरको पीडा मैले महसुस गरेको छु, तपाईका समस्या समाधान गर्न अग्रसर हुन्छु,’ उनले भने, भारत प्रवासमा रहेका बेला मैले पनि मजदुरी काम गरेको थिएँ । त्यो दिन मलाई अहिले पनि सम्झना छ ।’
उनले मजदुरका लागि सहुलियत कार्ड बनाएर स्वास्थ्य सेवा लगायत बालबालिकाको उच्च शिक्षा आर्जनमा सहयोग गर्ने आश्वास्त पारे ।

Previous articleराप्तीसोनारी गाउँपालिका : रामदाशको पल्ला भारी, अध्यक्षका कुन उम्मेदवारको बारेमा के भन्छन् मतदाता ? पूरा पढ्नुस्
Next articleचिट्ठी पठाएर भावुक मात्र बनाएनन् सुमन मल्लले आशा, भरोसासमेत जगाए (चिट्ठीमा के छ ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here