खजुरा अध्यक्षका उम्मेदवार सुमनलाई बुढापाकाको साथ

सफिकले अध्यक्षका उम्मेदवार सुमनलाई भने, ‘चिन्नु भयो ? होमपाइप लिन गाउँपालिका गएको बेला तपाईले मलाई ठूलो सहयोग गर्नु भएको थियो, सायद तपाईले विर्सिनु भयो होला, तर मैले विर्सेको छैन,’ उनले फेरि सुमनलाई भने, ‘तपाई अध्यक्षको उम्मेदवार हुनुहुन्छ भन्ने सुनेँ, खुसी लाग्यो । तपाईको चुनाव चिन्ह भएको झण्डा दिनुस् म प्रचारमा पनि सहयोग गर्छु ।’

बाँके, १७ बैशाख, २०७९ ।


सुमन मल्ल यूवाको ढुकढुकी मानिन्छन्, तर उनी बुढापाकाको पनि उत्तिकै प्यारो छन् । ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्षको उम्मेदवार सुमनलाई काँग्रेस, माओवादी र जनता समाजबादी पार्टी (जसपा) का बुढापाकाको पनि आशिर्वाद दिएर चुनावमा जिताउने बचन दिएका छन् । बुढापाकालाई सम्मान, कदर र माया गरेका कारण उनी सवैको प्यारो भएका हुन् । ‘अहिलेसम्म ४०–४५ औँ पटक निर्वाचनमा सहभागी भएँ, यी सवै निर्वाचनमा काँग्रेसलाई बाहेक अरुलाई भोट हालेको छैन, तर यसपटक सुमन मल्ललाई मतदान गर्छु,’ खजुराका ७६ बर्षिय एक जेष्ठ नागरिकले भने ।
वडा अध्यक्षमा निर्वाचित भएपछि सुमनले आफ्नो वडा बाहेक अन्य वडाका नागरिकको पनि सेवा गरेका छन् । त्यसको फाइदा उनले यस पटकको निर्वाचनमा पाउने भएका छन् । चुनावी अभियानका क्रममा रनियापुर पुगेका सुमनको खजुरा गाउँपालिका ८, रनियापुरका ६५ बर्षिय सफिक अन्सारीसँग जम्काभेट भयो । आजभन्दा तीन बर्षअघि गाउँपालिकामा होमपाइप लिन पुगेका सफिकको काम सुमनले गरिदिएका थिए । तर, उक्त कुरा सुमनले विर्सिसकेका थिए । त्यहिबेला सफिकले अध्यक्षका उम्मेदवार सुमनलाई भने, ‘चिन्नु भयो ? होमपाइप लिन गाउँपालिका गएको बेला तपाईले मलाई ठूलो सहयोग गर्नु भएको थियो, सायद तपाईले विर्सिनु भयो होला, तर मैले विर्सेको छैन,’ उनले फेरि सुमनलाई भने, ‘तपाई अध्यक्षको उम्मेदवार हुनुहुन्छ भन्ने सुनेँ, खुसी लाग्यो । तपाईको चुनाव चिन्ह भएको झण्डा दिनुस म प्रचारमा सहयोग गर्छु ।’
सुमन प्रति बुढापाकाको आड् र भरोसा छ । निडर स्भावका उनी प्रति खजुराबासीले भरोसा गरेको छ । छलकपट नगर्ने, थोरै बोल्ने, तर स्पष्ट बोल्ने बानीले खजुरेलीले उनसँग धेरै आशा गरेको छ ।
वडा अध्यक्षको पाँच बर्षे कार्यकालमा उनले थुप्रै उदाहरणीय काम गरे । वडामा सुशासन, पारदर्शिताको पक्षमा काम गरे । भ्रष्टाचार निवारण गरि वडामा सुशासन कायम गरे । त्यसैले गाउँपालिकाको विकास, निर्माण, पारदर्शिता, सुशासनको कुरा गर्दा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले १ नं. वडा अध्यक्ष सुमनको कामको चर्चा गर्थे । उदाहरण दिँथे । निर्वाचनका बेला खजुराका अध्यक्षका उम्मेदवार मध्ये अहिले सुमन मल्लको मात्र चर्चा चल्ने गरेको छ । सवत्र उनकै गुनगान हुने गरेको छ । बुढापाका सवैले सुमनलाई आशिर्वाद दिएर अघि बढ्न सुझाव दिइरहेका छन् ।

Previous articleनेपालगन्जमा सत्तागठबन्धनको असर : महिला रुष्ट, माओवादी केन्द्र न्यूटल
Next articleजनताको सेवा गरेर लोकप्रिय उपाध्यक्षका उम्मेदवार शकिललाई मतदाताको अपार मत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here