सवै जातजाती र धर्मावलम्बीको मन मस्तिष्कमा बस्दै, जित निकाल्दै ‘पशुपति’

बाँके, १६ बैशाख, २०७९ ।


नेपालगन्ज एकाएक एमालेमय भएको छ । सूर्य अंकित कोठामा मतदात गर्न नेपालगन्जबासी आत्तुर देखिएका छन् । नेपालगन्जको जताततै एमालेका उम्मेदवारलाई मतदान गर्ने विषयमा चर्चा परिचर्चा चल्ने गरेको छ । एमाले नेपालगन्जका मेयर र उपमेयरमा विकासको योजना बनाउने क्षमता भएको र उपमहानगरले बनाएका योजना तथा नीति कार्यान्वयन गर्ने खुवी भएका कारण एमालेको तर्फबाट नेपालगन्ज मेयरका उम्मेदवार पशुपति दयाल मिश्र र उपमेयरका उम्मेदवार शान्तिदेवी ढकाल नेपालगन्जबासीको रोजाईमा परेका हुन् ।
पशुपति दयाल मिश्रसँग राजनीतिको लामो अनुभव छ । ब्यवसायिक पृष्ठभूमीका उनीसँग बजेटको सहि ठाउँमा सदुपयोग गर्ने र योजनालाई सहि ढंगले पूरा गराउने क्षमता, दक्षता पनि छ । ‘नेपालगन्जले यस पटक मेयरमा एकदमै उपयुक्त उम्मेदवार पाएको छ । पशुपति दयाल मिश्रलाई पाउनु नेपालगन्जबासीका लागि सौभाग्य हो,’ नेपालगन्ज उपमहानगरपालिका ९ का कृष्णबहादुर भँडेलले भने, ‘यसपाली राम्रो मेयर रोज्न नसक्ने हो भने नेपालगन्जबासीले फेरि दुख पाउनुपर्ने हुन्छ । नेपालगन्ज फेरि पछाडी पर्ने निश्चित छ ।’
सवै जातजातीको रोजाईमा मात्र पशुपति दयाल मिश्र परेका छैनन् । हिन्दू, मुस्लिम, शिख, इसाई सवै धर्मावलम्बीको मन मस्तिष्कमा समेत उनले डेरा जमाएका छन् । ‘उपमहानगरको मेयर भनेको सभ्य, सुसंस्कृत, राजनीति बुझेको, जिल्ला, प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच भएको हुनुपर्दछ । यी गुणले भरिपूर्ण पशुपति बाहेक अरु कुनै उम्मेदवार नेपालगन्जमा छैनन्,’ नेपालगन्ज उपमहानगरपालिका २० का अशोक थापाले भने ।
दृढ संकल्पले राजनीतिज्ञलाई उचाइँमा पुर्याउँछ । इमानले राजनीतिलाई दीगो बनाउँछ । जनताको पीडा बुझ्न सक्नेले विकासको योजना बनाउन र कार्यान्वयन गर्न सक्छ । मिश्र पनि यहि बर्गमा पर्दछन् । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । उनी भन्छन्, ‘पैँसा कमाउने नै हो भने ब्यापार, ब्यवसाय गरे भइगो नी, किन गर्नु पर्यो राजनीति ? राजनीति समाजसेवा हो । यसमा नाम र इज्जत हुन्छ पैँसा हुँदैन भन्ने बुझ्नेले हो राजनीति गर्ने ।’
सूर्य ध्वजा बाहक उम्मेदवार मिश्रलाई राजनीति गरेर पैँसा कमाउन सकिन्छ भन्ने लागेको छैन । जिविकोपार्जनका लागि ब्यवसाय गरेर पैँसा कमाउने र राजनीतिमार्फत समाजसेवा गर्ने सोँच उनको छ । ‘ब्यापार, ब्यवसाय नहुनेले पदमा पुगेपछि पदको दुरुपयोग गरि भ्रष्टाचार गर्छन् । अनियमितता गरि सरकारी बजेट कुम्ल्याउँछन् । म ब्यापार, ब्यवसायबाट कमाएको केहि अंश राज्यलाई तिरिराखेको छु । मलाई थप कमाउनुपर्ने केहि छैन, बरु म राज्यलाई अझ धेरै कसरी दिन सकिन्छ भन्ने सोँचमा छु,’ गोचाली खवरसँगको कुराकानीमा उनले भने ।
उनले मेयरमा विजयी गराए निस्वार्थ भावले नेपालगन्जबासीको सेवा गर्ने स्पष्ट पारे । ‘म मेयरमा जिते भने मेयर नभई नेपालगन्जबासीको सुसारे भएर दिनरात सेवामा खटिने छु,’ उनले प्रतिवद्धता जनाउँदै भने, ‘मैले बोलेका कुरा टिपोट गरेर राख्नुस्, कार्यान्वयन भएन भने लिएर म कहाँ लिएर आउनु होला ।’

Previous articleराधापुरलाई जिल्लाकै नमुना बनाएका सुमनको अव सिंगो खजुरालाई देशकै समृद्ध पालिका बनाउने चाहना
Next articleघरदैलोमा पशुपति, साथ दिँदै वडा अध्यक्षका उम्मेदवार गोविन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here