खजुराबासीको सेवा र विकासका लागि मेरो उम्मेदवारी : सुमन मल्ल

‘म बचनको पक्का छु । अरु नेता जस्तो मिठा कुरा गरेर अल्झाउन मलाई आउँदैन । जे बोल्छु, त्यो पूरा गरेर छोड्छु । प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा हुबहू पूरा गर्ने प्रतिवद्धता जनाउँछु,’ मल्लले भने ।

बाँके, १३ बैशाख, २०७९ ।
खजुरा गाउँपालिका एमालेमय बनेको छ । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता सँगै खजुरा गाउँपालिका एमालेमय बनेको हो । अन्य दल अलमलमै भएको बेला एमालेले चुनावी प्रचारप्रसार तथा अभियानलाई तीव्रता दिएको छ । एमालेले मंगलवार ११२ बुँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
दुई हजार बढि मतदातामाझ एमालेका खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्ल, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, एमाले खजुरा गाउँपालिका प्रचार प्रसार संयोजक भीम ओली, एमाले खजुरा अध्यक्ष गेहेन्द्र धिताल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भक्तबहादुर केसी लगायतले खजुरा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार मल्लले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उनले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा पूरा नभए गाउँपालिकाको कार्यालयमा लिएर आउन आग्रह गरे । ‘यो प्रतिबद्धता पत्र सिरानी मुनी सुरक्षित राख्नु होला । यो प्रतिवद्धता पत्रमा उल्लेख भएको यो यो कुरा पूरा भएन भनेर म कहाँ लिएर आउनु होला ।’


उनले अरु जस्तो आफूलाई मिठा कुरा गर्न नआउने बताउँदै म बचन पूरा गर्ने आफ्नो बानी भएको बताए । ‘म बचनको पक्का छु । अरु नेता जस्तो मिठा कुरा गरेर अल्झाउन मलाई आउँदैन । जे बोल्छु, त्यो पूरा गरेर छोड्छु । प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा हुबहू पूरा गर्ने प्रतिवद्धता जनाउँछु,’ मल्लले भने ।
उनले आफू जनताको सेवा गर्नकै लागि चुनावमा होमिएको स्पष्ट पारे । उनले राजनीतिमा आउनुको मुख्य उद्देश्य खजुराको विकास गर्नका लागि भएको उनले बताए । ‘मलाई खान, लाउन पुगेकै छ । सरकारी रकमको लोभलालच पनि छैन मलाई । मेरो एकमात्र उद्देश्य खजुराबासीको सेवा र विकास गर्नु हो,’ उनले भने ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा मल्लले के भने ? हेर्नुस भिडियो

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार सुमन मल्ल ।
Previous articleदिवंगत पतिलाई साँक्षी राखेर पदमावतीले गराइन् मनोनयन दर्ता
Next articleबाँकेको पालिका प्रमुख र उपप्रमुखमा दलित महिलाको उम्मेदवारी शून्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here