काँग्रेसका पूराना नेता बलराम शर्माले गराए कोहलपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

बाँके, १३ बैशाख, २०७८ ।


आफूभन्दा कनिष्ठलाई कोहलपुरको मेयरको उम्मेदवार बनाएको भन्दै काँग्रेसका असन्तुष्ट पक्षले मेयरमा उम्मेदवारी दिएका छन् । काँग्रेसले युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि काँग्रेसका पूराना नेता बलराम शर्माले मेयरमा उम्मेदवारी दिएका हुन् । काँग्रेसले संगिता पौडेललाई उपमेयरको उम्मेदवार बनाएको छ ।
बाँके क्षेत्र नं. १ (ख) का सभापतिसमेत रहेका पुराना नेता बलराम शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको नेता भुम भण्डारीले जानकारी दिए । उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरका निकटतम् प्रतिद्वन्द्वी भानुभक्त भट्टराई, कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, भुमबहादुर भण्डारीलगायत स्थानीय नेताले साथ दिएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउन उनीहरु शर्मासँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
कोहलपुर नगरपालिकाको निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ ।
एक्लै चुनाव जित्ने दाबीसहित माओवादी केन्द्रलगायत गठबन्धन दललाई पन्छाएको काँग्रेसमा पुराना नेता शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
एमालेले नगर कमिटी अध्यक्षसमेत रहेका खिलप्रसाद भुसाललाई मेयर र अस्मिता चौधरीलाई उपमेयर उम्मेदवार बनाएको छ । काँग्रेसले मेयर नछाडेपछि माओवादी केन्द्र र नेकपा एसले कोहलपुरमा गठबन्धन गरेका छन् ।
माओवादी केन्द्रले नरेन्द्र न्यौपानेलाई मेयर र नेकपा एसकी नारायणी ओलीलाई उपमेयर उठाएर दुई दलीय गठबन्धन गरेको छ ।

Previous articleमाओवादी केन्द्रले नेपालगन्जको मेयरमा धामी र उपमेयरमा रोकायलाई बनायो स्वतन्त्र उम्मेदवार
Next articleदिवंगत पतिलाई साँक्षी राखेर पदमावतीले गराइन् मनोनयन दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here