मनोनयन दर्ता गर्न राजनीतिक दलको शक्ति प्रदर्शन (फोटो र भिडियो सहित)

बाँके, १२ बैशाख, २०७८ ।


बाँकेका ठूला राजनीतिक दलले सोमवार उम्मेदवारी दर्ता गराएका छन् । तामझमसहित शक्ति प्रदर्शन गर्दै यहाँका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् । नेपालगन्जमा सत्तागठबन्धन दलवीच तालमेल भएको भनिए पनि माओवादी केन्द्रका कुनै नेता, कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालयमा देखिएनन् ।
नेपालगन्जमा नेपाली काँग्रेसले मेयर र उपमेयरमा जनता समाजबादी पार्टी (जसपा) ले भागबण्डा पाएको छ । चुनावमा तालमेल भए पनि उम्मेदवारी दर्ताका लागि नेपाली काँग्रेस र जसपा निर्वाचन अधिकृतको कार्यालय छुट्टाछुट्टै पुगेका थिए ।


नेपाली काँग्रेले आफ्नो पार्टी कार्यालयबाट र जसपाले पनि आफ्नो पार्टी कार्यालयबाट जुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगेको जसपाका उपमेयरका उम्मेदवार कमरुद्धिन राईले बताए ।
उनले दुई दल वीच तालमेल मिलाउन नसकेको बताए । एक ठाउँमा भेला भएर दुवै दलका मेयर र उपमेयरका उम्मेदवार सँगसँगै गएको भए अझ प्रभावकारी हुने थियो,’ उनले भने ।


मेयर र उपमेयर सहित २३ वटै वडामा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका कुनै पनि नेता, कार्यकर्ता मनोनयन स्थलमा नदेखिएको काँग्रेसका एक नेताले बताए । उनले माओवादी केन्द्र सत्तागठबन्धन दल भित्रको भए पनि र्यालीमा साथ नदिएको बताए । माओवादी केन्द्रले नेपालगन्जको २३ वडा मध्ये २२ वडाका अध्यक्षसहित सदस्यमा मनोनयन दर्ता गरेको निवर्तमान अध्यक्ष आइपी खरेलले जानकारी दिए ।


एमालेले बाँकेका सवै स्थानीय तहमा तामझामका साथ शक्ति प्रदर्शन गर्दै मनोनयन दर्ता गरेको छ । नेपालगन्जस्थित पार्टी कार्यालयबाट निस्केको र्याली त्रिभुवन चोक, विपी चोक हुँदै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले जानकारी दिए ।
ठूलो संख्यामा आएका नेता, कार्यकर्तासहित मनोनयन गर्न पुगेका मेयरका उम्मेदवार मिश्र र उपमेयरका उम्मेदवार शान्तिदेवी ढकालले उत्साह थपेको प्रतिक्रिया दिए ।


एमाले खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्लले पनि दलबलसहित मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउन ठूलो संख्याका एमाले नेता, निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ‘मनोनयन दर्ताको क्रममा खजुराबासीले देखाएको सहभागिता र उत्साहले जित्ने आधार तय गरेको छ,’ उनले भने, ‘मनोनयन गर्न आउने बेला यहाँका आमाबुवा, दाजुभाई, दिदीबहिनी, काकाकाकीले सडकमै आएर आशिर्वाद दिनु भएको छ । यसले मेरो जित सुनिश्चित गरेको छ ।’


मओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार डम्बर विके तुफानले पनि मनोनयन दर्तामा खजुराका जनताले देखाएको सहभागिताले उत्साहित बनाएको बताए । उनले गर्मीका कारण जनता आउन नसकेको जिकिर गर्दै जित्ने आधार तय गरेको बताए ।
एमाले कोहलपुर मेयरका उम्मेदवार खिलप्रसाद भुसाल पनि दलबलसहित मनोनयन दर्ता गराएका छन् । कोहलपुरबासीले देखाएको उत्साहले हौसला थपेको उनले बताए ।

Previous articleनेपालगन्जको मेयरमा प्रशान्तलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय
Next articleमाओवादी केन्द्रले नेपालगन्जको मेयरमा धामी र उपमेयरमा रोकायलाई बनायो स्वतन्त्र उम्मेदवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here