बाँके, ६ बैशाख, २०७९ ।
मंगलप्रसाद महिला कलेजको बुधवार नेपालगन्जमा एक कार्यक्रमका वीच उद्घाटन हुने भएको छ । पूवाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि उक्त कलेजको बुधवार उद्घाटन हुन लागेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यूवराज कोइरालाले बुधवार विहान ७ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख रविन्द्र कर्णले जानकारी दिए ।