वाह ! दंगीशरण गाउँपालिका : पाँच बर्षमा २५ किलोमिटर सडक कालोपत्रे

दाङ, ५ बैशाख, २०७८ ।

पाँच बर्षको अवधिमा दंगीशरण २५ किलोमिटर सडक कालोपत्रे भएको छ । संघ र प्रदेश सरकारको सहयोगमा मुख्य तथा सहायक मार्ग निर्माण गरि कालोपत्रे गरिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए ।
उनले सरकारी मापदण्ड अनुसार अधिकांश सडक ६–१२ मिटर चौडा निर्माण गरिएको बताए । कुमलगढी चोकदेखि गोल्टाकुरी जोड्ने ६ किलोमिटर ग्रामिण पहुँच मार्ग कालोपत्रे गरिएको छ । त्यसैगरि, पोटली–मिरौली–चखौरा–रातगाउँ–एकली जोड्ने ६ किलोमिटर सडक मध्ये दुई किलोमिटर कालोपत्रे भइसकेको र चार किलोमिटर कालोपत्रे सम्पन्न हुने क्रममा रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।


उनले दामोदर रोड अन्तरगत सुकदेवादेखि बैबाङसम्म तीन किलोमिटर सडक कालोपत्रे भइसकेको बताए । ‘बागरदेखि थपगाउँसम्मको डेढ किलोमिटर सडक पनि कालोपत्रे भई संचालनमा आइसकेको छ । सुकदेवादेखि नोन्द्रागाउँसम्को पाँच सय मिटर सडक पनि कालोपत्रे भइसकेको छ,’ उनले भने ।
उनले गाउँपालिकाको २० लाख रुपैँयामा बुटनिया थारु गाउँको तीन सय २० मिटर सडक कालोपत्रे गरिएको बताए । उनले लेटार–जुम्लेकुला सडकमा नाला निर्माण सम्पन्न भइसकेको बताउँदै कालोपत्रे गर्न सुरु गरिएको जानकारी दिए । यस्तै वंगालपुर–हाउरे सडकमा पनि पक्की नाला निर्माण भइसकेको छ । उनले उक्त रोड कालोपत्रे हुने क्रममा रहेको बताए । ‘लेटार–जुम्लेकुला सडकको नाला निर्माण भई २० किलोमिटर सडक कालोपत्रे हुने प्रक्रियामा छ,’ अध्यक्ष चौधरीले भने, ‘मेरो नेतृत्वको गाउँपालिकाले २५ किलोमिटर पक्की, ४० किलोमिटर ग्राभेल सडक र ७५ किलोमिटर पक्कीकुलो निर्माण गरेको छ ।’


गाउँपालिकाले ७ वटै वडामा पुराना सडक ग्राभेल र नयाँ सडकको ट्रयाक खोलेको छ । पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाले साना खोला तथा कुलोहरुमा कल्भर्ट निर्माण गर्नुका साथै नाली निर्माणको कामलाई ग्राहता दिएको छ ।

Previous articleराजनीतिलाई समाजसेवा बनाएका कमरुद्दिन राई को हुन् ? उनी मेयरमा किन उठ्दैछन् ?
Next articleजनताको सेवामा नरैनापुर गाउँपालिका : नौँ हजार ५०० परिवारलाई खाना पकाउने ग्याँस प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here