जनताको सेवामा नरैनापुर गाउँपालिका : नौँ हजार ५०० परिवारलाई खाना पकाउने ग्याँस प्रदान

बाँके, ५ बैशाख, २०७८ ।


नरैनापुर गाउँपालिकाका नौँ हजार पाँच सय परिवारलाई खाना पकाउने एलपी ग्याँस र त्यसमा प्रयोग हुने चुल्हो प्रदान गरिएको छ । आगलागीबाट बर्सेनी हुने क्षति न्यूनिकरण गर्न नरैनापुरका गरिव, विपन्न तथा सिमान्कृत समुदायका नौँ हजार पाँच सय परिवारलाई खाना पकाउन ग्याँस र त्यसमा प्रयोग हुने चुल्हो प्रदान गरिएको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।
उनले ग्याँसबाट खाना पकाउँदा आगलागीको जोखिम कम हुने र दाउराको खपत कम भई पर्यावरण संरक्षणमा टेवा पुग्ने बताए । वन, जंगल नासिदै गएपछि दाउरा पाउन समस्या भएको बताउँदै उनले दाउराकै लागि जंगलको रुख काट्ने संस्कृतिको अन्त्य गर्न ग्याँस वितरण अभियान थालेको जिकिर गरे । ‘भएका जंगललाई जोगाउने र हरेक बर्ष हुने आगलागीको जोखिमलाई कम गर्ने खाना पकाउने एलपी ग्याँस वितरण योजना ल्याइएको हो,’ उनले भने ।


खाना पकाउने ग्याँस वितरण भएपछि दाउरा खोज्ने समयको बचत भएको प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताए । उनले एक भारी दाउराका लागि एक दिनको समय खर्चिनु पर्ने बाध्यता रहेको बताए । समयको बचतसँँगै पर्यावरण संरक्षणमा महत्वपूर्ण सहयोग मिलेको छ,’ उनले भने, ‘यसले बर्सेनी हुने आगलागीको जोखिम कम भई धनजनको क्षति न्यूनिकरणमा टेवा पुग्ने आशा छ ।’
गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले खरिद गर्न नसक्ने सर्वसाधारणलाई खाना पकाउने ग्याँस र चुल्हो वितरण गरिएको बताए । उनले ग्याँसबाट खाना पकाउँदा धुवाँबाट लाग्ने रोगबाट सर्वसाधारण जोगिने बताए । ‘धुवाँका कारण लाग्ने टिवी र स्वासप्रस्वास सम्बन्धि समस्याबाट जोगाउने छ,’ उनले भने ।

Previous articleवाह ! दंगीशरण गाउँपालिका : पाँच बर्षमा २५ किलोमिटर सडक कालोपत्रे
Next articleनेपालगन्ज १ नं. वडा अध्यक्ष रिजालले त्यागे सरकारी बाइक र ल्यापटप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here