घोराही उपमहानगरमा मुख्य तीन दलका को–को छन् आकांक्षी ?

बाँके, ३ बैशाख, २०७८ ।


दाङ जिल्लाको सदरमुकाम हो घोराही । जिल्ला सदरमुकाम भएकोले घोराही उपमहानगरपालिकाको निर्वाचनलाई सवै राजनीतिक दलको ध्यान केन्द्रित हुने गर्छ । यस पटकको स्थानीय तहको निर्वाचनमा पनि सवै दलको आँखा घोराही उपमहानगरमा पर्नु स्वभाविक मान्न सकिन्छ । यसपालीको निर्वाचनमा घोराही उपमहानगरको मत परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेताहरु कसिएका छन् ।
गत स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार नरुलाल चौधरीले जितेका थिए । यसपालीको निर्वाचनमा पनि एमालेले पुरानो साख जोगाउन हरसम्भव प्रयास गरिरहेको छ । एमालेको तर्फबाट नरुलाल चौधरीले पुनः दोहोर्याउने सम्भावना प्रवल छ । उनले घोराही उपमहानगरपालिकामा राम्रो काम गरेको र विवादित नभएकोले उनको लोप्रियता पहिलेको भन्दा बढेको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका चौधरीले २२ हजार ३० मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भूपबहादुर डाँगीले १७ हजार चार सय ८९ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । शंकर पोखरेलका विश्वासपात्रका रूपमा चिनिने चौधरी दोहोरिने एमाले उच्च श्रोतले जनाएको छ । तर घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपानेले पनि मेयरमा दावी गरेकी छिन् । एमालेले मेयरमा चौधरी र न्यौपानेको नाम सिफारिस गरि पठाएको छ ।
अघिल्लो निर्वाचनमा उनले घोराहीमा गठबन्धनबाट माओवादी केन्द्रले पाउने आँकलन गरिएको छ । माओवादीले पाएको अवस्थामा ०७४ को मेयरका उम्मेदवार जीवन गौतम नै पुनः उम्मेदवारका रूपमा आउने बढि सम्भावना छ  । केन्द्रीय सदस्य तथा दाङ जिल्ला जिल्ला इन्चार्ज पनि हुन्  ।
उनीसँगै हेमराज शर्माको नाम पनि चर्चामा छ । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
काँग्रेसबाट पनि ०७४ का उम्मेदवार भूपबहादुर डाँगीको बढ्ता चर्चा छ । उनी काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका जिल्ला सभापतिका आकांक्षी थिए । अन्तिममा आएर उनले सभापति शंकर डाँगीलाई समर्थन जनाएका थिए । घोराहीको मेयरसँग उनले सभापति साटेको श्रोतको भनाई छ । काँग्रेसबाट किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठले आकांक्षा देखाएका छन् । यी दुईको नाम पनि चर्चामा छ ।

Previous articleचैत महिनामा जमुनाह नाकामा चार जना कोरोना संक्रमित फेला
Next articleबंगलाचुली र राजपुरमा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, अन्य पालिकामा को-को भए सिफारिस ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here