भारतमा कोरोना संक्रमण बढेपछि विज्ञले दिए चौथो लहरको चेतावनी

बाँके, २ बैशाख, २०७८ ।


भारतमा कोरोना संक्रमण फेरि बढेको छ । दिल्ली, गुरुग्राम र मुम्बईलगायत शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । योसँगै विज्ञहरुले कोरोनाको चौथो लहरको चेतावनी दिएका छन् ।
दिल्लीमा पछिल्लो २४ घण्टामा थप दुई सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ कोभिड संक्रमण दर ०.५ प्रतिशतबाट बढेर २.७० प्रतिशत पुगेको छ ।
भारतका जम्मा ७ सय ३४ जिल्लामध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यी जिल्लामा संक्रमण नियन्त्रणबाहिर छ । यीमध्ये २३ जिल्लाको अवस्था अझ नाजुक भएको भारतीय संचार माध्यमले जनाएका छन् । यी जिल्लाको संक्रमण दर १० प्रतिशत र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी छ ।
भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । भारतमा जुन र जुलाईमा कोरोनाको सङ्क्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने विज्ञहरूको अनुमान छ ।

Previous articleजसपा बाहिरिएपछि शंकटमा पाँच दलिय गठबन्धन
Next articleचैत महिनामा जमुनाह नाकामा चार जना कोरोना संक्रमित फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here