मेयरका उम्मेदवार कमरुद्दिन राई मतदाता भेट्घाटमा ब्यस्त

बाँके, ३० चैत, २०७८ ।


सत्तागठबन्धन भित्रकै जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राई चुनावी मैदानमा होमिसकेका छन् ।
उनी गत स्थानीय तह निर्वाचनमा पराजित भएदेखि नै नेपालगन्जको मेयरको तयारीमा लागेका थिए । तर, अहिले उनी निर्वाचन केन्द्रित अभियान थालेका छन् । नेपालगन्जको मेयरको उम्मेदवारको घोषणा गरेर उनी रातको १२ बजेसम्म चुनावी अभियान संचालन गर्छन् । ‘म पूर्णरुपमा निर्वाचनमा लागिसकेँ,’ उनले भने ।
उनी रातदिन मतदातासँगै हुन्छन् । मतदाता, शुभचिन्तकलाई भेटेर निर्वाचनको माहोल बुझ्छन् । आफूलाई सहयोग गर्न आग्रह गर्छन् । उनले भेटेका शतप्रतिशतले साथ दिने बचन दिएपछि उनलाई निर्वाचनमा होमिन थप हौसला र बल मिलेको छ । ‘मैले भेटेका सवैले दिएको मायाले मलाई चुनावी मैदानमा उत्रिन थप प्रोत्साहन मिलेको छ। मतदाताले तपाईसँगै हामी पनि प्रचारप्रसारमा हिड्छौँ भन्नुहुन्छ,’ उनले भने, ‘मतदाता र शुभचिन्तकले आशिर्वाद दिइरहनु भएको छ । उहाँहरुको माया, स्नेह र सद्भाव नै मेरो जित्ने आधार बनेको छ । मेरो जित सुनिश्चित छ ।’
उनले पार्टीका नेता, कार्यकर्ताको साथसहयोग पनि राम्रो पाइरहेको उनले बताए । जिल्ला, पालिका र केन्द्रका नेताहरु चुनावी अभियानमा लागिसकेको उनले बताए । ‘सवै नेता, कार्यकर्ता इमान्दारिताका साथ चुनावी अभियानमा लाग्नु भएको छ । उहाँहरुको साथसहयोगले नै म मेयरमा उम्मेदवार बनेको हुँ,’ मेयरमा प्रत्यासी राईले भने ।

Previous articleपशुपतिदयाललाई एमालेले बनायो मेयरको उम्मेदवार
Next articleएमाले महासचिव शंकर पोख्रेलको गृह नगर तुल्सीपुर : मेयरमा को–को छन् आकांक्षी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here