नेपालगन्ज भन्सारमा पनि अर्थतन्त्रमा आएको गिरावटको असर

सात महिनामा ६ अर्व ६६ करोड ८७ लाख रुपैँया घाटा, चिनी, तयारी पोशाक र टायल आयतमा कमी ।

बाँके, ३० चैत, २०७८ ।


नेपालगन्ज भन्सारमा पनि अर्थतन्त्रमा आएको गिरावटको असर देखिएको छ । सरकारले विलासिता लगायत दैनिक उपभोग्य सामान आयातमा कडाई गरेपछि नेपालगन्ज नाकाबाट सामान आयातमा गिरावट आएको छ । सामान आयातमा गिरावट आएपछि नेपालगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा समेत कमी आएको छ । चालू आर्थिक बर्षको सात महिनामा ६ अर्व ६६ अर्व ८७ लाख २० हजार रुपैँया घाटा भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुन न्यौपानेले बताए । ‘एलसी मार्फत आयात हुँदै आएको सामानको संख्या सरकारले घटाएपछि गत आवको तुलनामा करिव सात अर्व रुपैँया कम राजस्व संकलन भएको छ,’ उनले भने ।
नेपालगन्ज भन्सारको राजस्व गत पुस महिनादेखि घटेको छ । उनले एलसीमार्फत ४६ प्रकारका बस्तु आयात गर्न नपाइने सरकारले नीति ल्याएको बताए । नेपालगन्ज भन्सारको राजस्व अहिले पेट्रोलियम पदार्थले धानेको उनले बताए ।
पुस महिनादेखि राजस्वमा गिरावट
साउन महिनामा १३४.१० प्रतिशत राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयले भदौँमा ९३.२०, असोजमा १०१.२९, कात्तिकमा ९१.६० र मंसिरमा ९६.९७ प्रतिशत राजस्व संकलन गरेको थियो । सरकारले पुस महिनामा दुई अर्व २१ करोड ६२ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो, तर नेपालगन्ज भन्सार कार्यालयले एक अर्व ८६ करोड ३४ लाख ३२ हजार रुपैँया अर्थात ८४.०४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।
माघ महिनामा पनि राजस्व घटेको प्रमुख भन्सार अधिकृत न्यौपानेले बताए । उनले माघ महिनामा दुई अर्व तीन करोड ४२ लाख ७३ हजार रुपैँया लक्ष्य मध्ये एक अर्व ५७ करोड २३ लाख ३५ हजार (७७.३० प्रतिशत) राजस्व संकलन भएको बताए । उनले फागुन महिनामा पनि राजस्व घटेको बताए । हरेक महिना राजस्व घट्दो छ, फागुनमा ८९.७३ र चैत महिनामा करिव ८० प्रतिशत मात्र राजस्व उठाउन सकिएको छ,’ उनले भने, ‘सामान आयात नभएपछि भन्सार घट्नै नै भयो ।’ रुपैँया राजस्व संकलन भएको बताए ।
चिनी, तयारी कपडा र टायल आयातमा कमी, झण्डै सात अर्व घाटा
उनले चिनी, तयारी कपडा र टायल आयात घटेको बताए । आर्थिक बर्ष ०७७–०७८ को माघ महिनासम्म ६ करोड ६१ लाख सात हजार ९ सय ८४ किलो चिनी आयात भएको थियो, तर चालू आवको माघ महिनासम्म चार करोड ४४ लाख ८ हजार चार सय ९० किलो चिनी आयात भएको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए ।
उनले गत आवको माघ महिनासम्म चिनी आयातबाट १८ अर्व ८६ करोड १५ लाख ४१ हजार रुपैँया राजस्व संकलन भएको बताए । यस चालू आवको माघ महिनासम्म जम्मा १२ अर्व ६७ करोड ३३ लाख ४० हजार रुपैँया राजस्व संकलन भएको छ । ‘यस चालू आवको सात महिनामा गत आवको भन्दा पाँच अर्व ९४ लाख २० लाख ७० हजार रुपैँया घाटा भएको छ,’ उनले भने ।
त्यसैगरि, तयारी कपडा आयातमा पनि सरकारलाई घाटा भएको छ । गत आवको माघ महिनासम्म दुई अर्व आठ करोड ६ लाख ९० हजार रुपैँया राजस्व संकलन भएको थियो, तर चालू आवको सात महिनामा एक अर्व ५५ करोड ७२ लाख रुपैँया राजस्व संकलन भई राज्यलाई ५२ करोड ३५ लाख रुपैँया घाटा भएको छ ।
टायल आयातमा पनि कमी आएको छ । गत आवको सात महिनाभन्दा चालू आवको सात महिनामा २० करोड ५१ लख पाँच हजार रुपैँया राजस्य घाटा भएको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए । ‘राज्य विलासिताका सामान आयातमा कडाई गरेपछि नेपालगन्ज भन्सारले उठाउँदै आएको राजस्व घट्दै गएको छ,’ उनले भने ।

Previous articleएमाले महासचिव शंकर पोख्रेलको गृह नगर तुल्सीपुर : मेयरमा को–को छन् आकांक्षी ?
Next articleवीपी चोकको घटना : चालकलाई जन्मकैदको माग गर्दै नेपालगन्जमा प्रदर्शन, प्रत्यक्षदर्शी के भन्छन् ? (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here