नेपालगन्जको मेयरमा लोसपाका मोहमुद आलम र उपमेयरमा ममता बनियाको नाम सार्वजनिक

बाँके, २६ चैत, २०७८ ।


लोकतान्त्रिक समाजबादी पार्टीले नेपालगन्ज उपमहानगरको मेयर र उपमेयरको नाम सार्वजनिक गरेको छ । शनिवार नेपालगन्जमा एक कार्यक्रम गरि लोसपाले मेयरमा मोहमुद आलम सिद्धिकी र उपमेयरमा ममता बनियाको नाम सार्वजनिक गरेको हो । लोसपाले जानकी गाउँपालिकामा प्रभादेवी मिश्रालाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ ।
मेयर र उपमेयर उम्मेदवार सार्वजनिक कार्यक्रममा लोसपाका केन्द्रिय कार्यकारिणी परिषद सदस्य अकबाल अहमद शाहले स्थानीय तह निर्वाचनमा कुनै दलसँग तालमेलको कुरा नभएको बताए । उनले स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन दल वीचको तालमेल अपवित्र भएको आरोप लगाए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरीलाई जिताउनका लागि मात्र स्थानीयत तह निर्वाचनमा तालमेलको कुरा गरेको उनको भनाई थियो । ‘स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरामा निहित स्वार्थ जोडिएको छ । ‘कसैको परिवारका सदस्यलाई जिताउन गरिने तालमेल लोसपालाई स्विकार्य छैन,’ पूर्व मन्त्री समेत रहेका शाहले भने ।
तालमेलका लागि जिल्ला र पालिका स्तरिय समितिलाई अधिकार दिएको उनले बताए । जिल्ला र पालिकास्तरिय समितिले तालमेलको आवश्यकता महशुस गरे जुनसुकै दलसँग तालमेल गर्न सक्ने छ,’ उनले भने ।

लोसपाका मेयरका उम्मेदवार मोहमुद आलम र उपमेयर ममता बनिया


लोसपा बाँके अध्यक्ष लक्ष्मी नारायण बर्माले बाँकेमा सिके राउत र राप्रपासँग तालमेलको कुरा अगाडी बढेको बताए । उनले बाँकेका सवै पालिकामा लोसपाले उम्मेदवार मैदानमा उतार्ने जानकारी दिए ।
कार्यक्रममा जानकी र नेपालगन्जका एक सय ५० जना जनता समाजबादी पार्टीका नेता, कार्यकर्ता लोसपामा प्रवेश गरेको जानकारी दिइएको थियो । अध्यक्ष बर्माका अनुसार, जसपाका लुम्बिनी प्रदेश उपाध्यक्ष राजकिशोर मिश्रा, प्रदेश सदस्य मिना चौधरी, हफिज खाँ लगायतको नेता, कार्यकर्ता लोसपामा प्रवेश गरेको जानकारी दिइएको थियो ।

Previous articleखजुरामा पहिलो पटक राष्ट्रिय ब्यापी खुल्ला ब्याड्मिन्टन प्रतियोगिता हुँदै
Next articleनिर्वाचन नजिकिएपछि भारतबाट फर्किन थाले नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here