६० जना जेहेन्दार विद्यार्थीलाई युनिक छात्रवृत्ती प्रदान

बर्दिया, २४ चैत, २०७८ ।


युनिक नेपालले ६० जना विद्यार्थीलाई युनिक छात्रवृत्ती प्रदान गरेको छ । उसले १० जनालाई १० हजारका दरले ५ वर्षसम्मका लागि दीर्घकालिन युनिक नेपालका अधिकृत सोमप्रसाद चौधरीले जानकारी दिए ।
युनिक नेपालले हरेक बर्ष जेहेन्दार, अति विपन्न र टुहुरा बालबालिकाको शिक्षाका लागि युनिक छात्रवृत्ती प्रदान गर्दै आएको छ । यसवर्षदेखि दीर्घकालिन छात्रवृत्तीको ब्यवस्था गरेको अध्यक्ष प्रिमबहादुर थारुले बताए । कार्यक्रम अन्तरगत सबैभन्दा धेरै जनचेतना माध्यमिक विद्यालय मंगलपुरका विद्यार्थीले पाएका छन् ।
त्यसैगरि, दोस्रो धेरै छात्रबृत्ती अमर सहिद दशरथ चन्द माध्यमिक विद्यालय, राजापुर र तेस्रोमा एकप्रिय राठौर माध्यमिक विद्यालयका विद्यार्थीले पाएको अध्यक्ष थारुले जानकारी दिए ।
त्यसैगरि, नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य कृष्ण थारु मार्फत सम्पूर्ण रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा थारु साँस्कृतिक नाच प्रदर्शन गर्ने तिन समूहलाई प्रशंसा पत्र र पाँच हजार रुपैँया सहित सान्त्वना पुरुस्का प्रदान गरिएको उनले बताए ।


कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमी सुधार तथा व्यवस्था मन्त्री एवं युनिक नेपालका संरक्षक डा. गोपाल दहितले छात्रवृत्ती रकम सानो भए पनि यसले अति विपन्न तथा टुहुरा बालबालिकाको शिक्षामा टेवा पुग्ने बताए । उनले भने, ‘अहिलेको जमाना शिक्षाको हो । शिक्षा भएन भने आत्मनिर्भर बनाउन सकिदैन । शिक्षाका लागि अनुशासन, लगनशिलता, मेहनत र धैर्यता जरुरी छ,’ उनले भने ।
छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीले आफु उच्च शिक्षा हासिल गरि सकेपछि अतिविपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्न सुझाव दिए ।
यसैगरि, युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले युनिक नेपालले सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षा आर्जन गर्न आर्थिक समस्याले बाधा नपुर्याओस् भन्ने उद्देश्यले जेहेन्दार विद्यार्थीलाई थप प्रोत्साहन गर्न शिक्षामा लगानी गर्दै आएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै युनिक नेपालको सचिव तथा युनिक छात्रवृत्ती उपसमितिका संयोजक निर्मला चौधरीले छात्रवृत्ती छनोटका आधार र प्रक्रियाबारे प्रष्ट पारिन् । सो अवसरमा प्रधानाध्यापकको तर्फबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबहादुर थारु र विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व गर्दै भेरी माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुंगानाले शुभकामना दिए । युनिक नेपालका कार्यक्रम अधिकृत सोम प्रसाद चौधरीले संचालन गरेको कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुले स्वागत नाच प्रदर्शन गरेका थिए ।

Previous articleउपचारमा पहुँच बढाउन डुडुवाका सबै नागरिकको स्वास्थ्य वीमा
Next articleमेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता : नेपालगन्जबासीलाई निशुल्क स्वास्थ्य, शिक्षा तथा रोजगार, रिङरोड निर्माण र ट्रली बस संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here