बाँके, २४ चैत, २०७८ ।
कार्यक्रममा नेकपा एकीकृत समाजबादी, जनता समाजबादी पार्टी, नेपाली काँग्रेस, माओवादी केन्द्र परित्याग गरि एक हजार पाँचसय बढिले एमाले रोजेको एमाले बाँके उपाध्यक्ष डिल्ली विसीले जानकारी दिए ।
उनले नेकपा एस बाँकेका उपसचिव तथा युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् केन्द्रिय सचिव किशोर थापासहित ४४ जना जिल्ला कमिटी सदस्यसहित एमालेमा फर्किएको बताए । उनले नेकपा एसका चार सय ८७ जना एमालेमा फर्काएका छन् ।
त्यसैगरि, नेकपा एस निकट यूवा संघका बाँके अध्यक्ष राजु तामाङ, उपाध्यक्ष मिलन शाह, नेकपा एस क्षेत्र नं. ३ सचिव तथा पिपुल्स भोलेन्टियर्स बाँके अध्यक्ष राजु रुचाल, युवा संघ नेपाल खजुरा अध्यक्ष तथा नेकपा एस जिल्ला कमिटी सदस्य बिकास काउचा पनि एमालेमा फर्किएका छन् । नेकपा एस निकट समाजबादी प्रेस संगठन बाँके सचिव रामु ओली, कोषाध्यक्ष ज्ञानु संगम खड्का लगायत पनि एमाले फर्किएको एमालेले जनाएको छ । ‘नेकपा एसमा भविष्य नदेखेपछि पुरानै घर एमालेमा फर्कियौँ,’ थापाले भने ।

त्यसैगरि, नेकपा एसका स्कुल विभाग प्रमुख किरण ढकाले पनि एमाले फर्किएका छन् । २०५४ सालमा तत्कालिन होलिया गा.वि.स. अध्यक्ष सरोजकुमारी यादव र २०७४ मा संघीय समाजबादी फोरमबाट डुडुवा गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार भई निकतम प्रतिद्वन्द्वी जसपाका नेता हाजी जाहिर खाँ पनि एमाले प्रवेश गरेका छन् ।
नेकपा एस बाँकेको खम्बाका रुपमा रहेका यूवा नेता थापाको नेतृत्वमा १२ सय र यादव तथा खाँको नेतृत्वमा चार सय नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले बाँकेले जनाएको छ । अन्य दलबाट एमालेमा प्रवेश गेका नेता, कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराएका छन् ।

एमाले बाँकेले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोलदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नसकेमात्र देशी, विदेशी दलाल, पुञ्जीपति प्रतिक्रियाबादी शक्ति पराजित हुने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विदेशी प्रतिक्रियाबादी शक्तिको इसारामा बर्तमान सरकार निर्माण भएको आरोप लगाए । ‘पाँच दलिय पठबन्धन विदेशी प्रतिक्रियाबादीको दलाल हो । निर्वाचनमा सिंगो गठबन्धनलाई बढार्नु नै विदेशी प्रतिक्रियाबादीलाई परास्त गर्नु हो,’ उनले भने ।
उनले देशको अर्थतन्त्र सुधार गर्न एमालेले जित्नु पर्ने बताउँदै अवको केहि महिनामा देशमा आर्थिक संकट निम्तिने खतरा औँल्याए । ‘एमाले सरकारबाट बाहिरिएको नौँ महिनामा बैँकहरु टाट पल्टिएका छन् । राष्ट्र बैँकसँग ऋण लगानी गर्ने पैँसा छैन । ब्यापार, ब्यवसाय ठप्प छ । अहिलेको सरकारले केहि महिनापछि बृद्ध भत्ता, एकल महिला लगायत विभिन्न सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न सक्ने छैन,’ उनले भने ।






