बेलायतमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्स ई’ संक्रमण तीव गतिमा फैलिदै

बाँके, २३ चैत, २०७८ ।


बेलायतमा कोभिड भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्स ई’ संक्रमण बढ्न थालेको छ । सोमबारसम्मको तथ्यांकअनुसार बेलायतमा ६ सयभन्दा बढीमा ‘एक्स ई’ संक्रमण फेला परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उत्परिवर्तन भएर आएको नयाँ भेरियन्टलाई ‘एक्स ई’ नाम दिएको छ । ‘एक्स ई’ ओमिक्रोन भेरियन्टको बिए १ र बिए २ को मिश्रण भएको डब्लुएचओले जनाइएको छ ।
उच्च संक्रामक मानिएको ‘एक्स ई’ भेरियन्टलाई तीव्र संक्रमण र अर्को लहरको कारण बन्न सक्ने भन्दै भाइरोलोजिस्टहरूको अन्तर्राष्ट्रिय कमिटीले चिन्ता व्यक्त गरेको छ ।
ओमिक्रोनभन्दा पनि उच्च संक्रामक मानिएको ‘एक्स ई’ भेरियन्ट देखापरेसँगै संक्रमण पुनः उकालो लाग्न सक्ने चेतावनी दिइएको छ । तेस्रो लहरमा सबैभन्दा उच्च संक्रामक मानिएका बिए १ र बिए २ को मिश्रण देखिएको ‘एक्स ई’ ओमिक्रोनभन्दा १० प्रतिशत बढी फैलिन सक्ने ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ ।
‘एक्स ई’ भेरियन्ट बेलायतमा पहिलोपटक गत १९ जनवरीमै पत्ता लागेको थियो । पछिल्लो सातादेखि बेलायतमा देखिएका नयाँ संक्रमितको करिब ८६ प्रतिशत संक्रमण नयाँ भेरियन्टले ओगटेको चिकित्सकहरूले बताएका छन् । तीव्र फैलिन थालेपछि ‘एक्स ई’ भेरियन्टबारे अध्ययन थालिएको छ ।

Previous articleराजनीतिक चेत भएका ‘चेतबहादुर’ को वडा अध्यक्ष बनेर जनताको सेवा गर्ने चाहना
Next articleबुद्ध एयरको विमान नेपालगन्जमा आपतकालिन अवतरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here