पुरैनीका द्वन्द्व पीडित तथा एकल महिलालाई क्षमता अभिबृद्धि तालिम

बाँके, १९ चैत, २०७८ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ का द्वन्द्व पीडित तथा एकल महिलालाई महिलामाथि हुने हिंसा, हिंसा पीडित महिलाका लागि कानूनी उपचार, उजुरी गर्ने निकाय लगायत विषयमा दुई दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ ।
एकल महिलामाथि हुने र हुन सक्ने हिंसालाई न्यूनिकरण गर्ने र हिंसामा परेका एकल महिलालाई कानूनी उपचार प्रदान गर्न सहयोग पर्याउने उद्देश्यले क्षमता अभिबृद्धि तालिम दिइएको द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ति खत्रीले बताइन् ।
तालिम उद्घाटन कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष विद्याराम बर्माले एकल महिलाहरु छरछिमेक र परिवारका सदस्यबाट बढि पीडित हुने गरेको बताउँदै विभिन्न घरायसी समस्या र लोकलाजका कारण बाहिर ल्याउन नसकेको बताए । ‘विभिन्न बहानामा समाज र परिवारका सदस्यले महिलामाथि हिंसा गर्छन्, त्यसैमा एकल महिलाहरुमाथि झनै हिंसा हुन्छ, तर विभिन्न कारणले हिंसामा परेका महिलाले बाहिर ल्याउन सक्दैनन्,’ उनले भने ।
उनले हिंसा सहेर बस्दा झनै बढ्ने बताए । उनले हिंसा सहेर नबस्न एकल महिलालाई सुझाव दिए ।


संजालका अध्यक्ष खत्रीले द्वन्द्व पीडित तथा एकल महिलाका लागि संजालले विभिन्न थरिका कार्यक्रम गर्दै आएको बताउँदै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ मा एकल महिलाका लागि छहारी घर निर्माण गरेको जानकारी दिइन् । ‘परिवार र छोराछोरीबाट घर निकाला गरिएका एकल महिलालाई बास बस्नका लागि छहारी घर निर्माण गरिएको छ,’ उनले भनिन् ।
उनले उक्त भवनमा संग्रहालय निर्माण गर्ने समेत जानकारी दिए । सभाहल, कार्यालय कोठा र पीडित महिलाका लागि आश्रय स्थल निर्माण पुरा भइसकेको उनले जानकारी दिइन् । सभाहलको भाडा प्रति दिन दुई हजार पाँच सय निर्धारण गरिएको उनको भनाई छ ।
संजालकी सचिव विजया रोकायले स्वागत गरेको तालिममा ३० बढि द्वन्द्व पीडित तथा एकल महिलाको सहभागिता रहेको थियो ।

Previous articleअब गर्मी छल्न राप्ती नदीमा र्याफ्टिङ
Next articleअसहाय बृद्धबृद्धाको लागि आश्रय स्थल बनाउन रामलिला मैदानमा धार्मिक महायज्ञ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here