अब गर्मी छल्न राप्ती नदीमा र्याफ्टिङ

बाँके, १८ चैत, २०७८ ।


पर्यटन प्रवद्र्धनका लागि शुक्रवारदेखि राप्ती नदीमा ¥याफ्टिङ सुरु भएको छ । लुम्बिनी प्रदेशका पर्यटन, सहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेपछि राप्ती नदीमा औपचारिक रुपमा र्याफ्टिङ सुरु भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।
उनले राप्तीसोनारी गाउँपालिका १ कुसुम बैरियास्थित राप्ती नदीदेखि अगैयासम्म ¥याफ्टिङ गर्न सकिने बताए । राप्ती नदीमा शुक्रवारदेखि र्याफ्टिङ सञ्चालनमा आएको हो । ‘कुसुम बैरियादेखि अगैयासम्म करिब २७ किलोमिटर दूरीमा र्याफ्टिङ गर्न सकिन्छ,’ उनले भने ।


राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष थारुले बताए ।
र्याफ्टिङ उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले राप्ती नदीमा सुरु भएको र्याफ्टिङले पश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले भारतीय नागरिकलाई समेत र्याफ्टिङमा आकर्षित गर्न सकिने औँल्याए । ‘गर्मीबाट आजित भएकाहरु र्याफ्टिङ गरेर शितलतासँगै आनन्द लिने छन्,’ मन्त्री चौधरीले भने, ‘र्याफ्टिङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरि आय आर्जन बृद्धि गर्न सहयोग गर्नेछ ।’
र्याफ्टिङ उद्घाटनमा मन्त्री चौधरी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का, स्थानीय लगायतले र्याफ्टिङ गरेका थिए ।

Previous articleपालिकाले विवरण नपठाउँदा मृतकको नाम मतदाता नामावलीमा कायमै, बाँकेका पाँच पालिकाले पठाएनन् मृतकको विवरण
Next articleपुरैनीका द्वन्द्व पीडित तथा एकल महिलालाई क्षमता अभिबृद्धि तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here