राँझा चोकमा टिप्परले किच्दा हुम्लाका भण्डारीको घटनास्थलमै मृत्यू

बाँके, १५ चैत, २०७८ ।
नेपालगन्ज–कोहलपुर सडक खण्ड अन्तरगत राँझा चोकमा टिप्परको ठक्करबाट मंगलवार विहान एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा हुम्लाका बीरबल भण्डारीको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तीब्र गतिमा रहेको टिप्परले पैदलयात्री भण्डारीलाई किचेर क्षतिविक्षत बनाएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई कारवाही र उचित क्षतिपुर्तिको माग गरि मृतकका आफन्तले नेपालगन्ज–कोहलपुर सडक खण्ड अवरुद्ध पारेका छन् । आफन्तले प्रहरीले टिप्पर र चालकको संरक्षण गरेको आरोप समेत लगाएका छन् ।

Previous articleपर्यटन प्रवर्द्धन र आर्थिक उपार्जनमा होमस्टेको भूमिका महत्वपूर्ण, तर राज्यबाट उपेक्षित
Next articleडायलासिसको पालो कुर्दाकुर्दै ज्यान गुमाउँछन् बाँके र बर्दियाका मिर्गौला पीडित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here