प्रधानमन्त्री कप महिला भलिवल : उपाधीका लागि पुलिस क्लब र हरियाणा भिड्ने

बाँके, १३ चैत, २०७८ ।


नेपाल पुलिस क्लव र भारतको हरियाणा स्पोर्ट्स क्लब आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतवार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै हरियाणाले फाइनल यात्रा तय गरेको छ ।
त्यसैगरि, आइतवार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लवलाई पराजित गरि नेपाल पुलिस क्लव फाइनलमाा प्रवेश गरेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । फाइनल यात्रा तय गरेको हरियाणाले पहिलो र दोस्रो सेटमा २५–१७ र २५–१५ ले अग्रता लियो । निकै प्रतिष्पर्धात्मक खेलमा तेस्रो सेट डायमण्डले २५–२४ ले जित निकाल्यो । चौथो सेट फेरि हरियाणाले २५–१६ ले जितेपछि फाइनलमा प्रवेश गर्यो ।
आइतवार नै भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले फाइनल यात्रा तय गरेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा पुलिसले आर्मीलाई २५–१८, २५–२३ र २५ को सेटमा हराएको हो ।
१० चैतदेखि सुरु भएको प्रतियोगिता अन्तरगत सोमवार पुलिस क्लव र भारतको हरियाणा स्पोर्ट्स क्बल बीच फाइनल खेल हुनेछ । त्यसैगरि, तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड एकेडेमी वीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैँया, पदक र शिल्ड प्राप्त गर्ने अध्यक्ष ठकुरीले बताए ।
लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारत छत्तीसगढको एकलब्य स्पोर्ट्स कम्प्लेक्स र हरियाणा स्पोर्ट्स क्लब सहभागी भएका छन् ।

Previous articleम्यादी प्रहरीमा यूवाको आकर्षण : ९ महिनाकी आमाले पनि दिइन आवेदन
Next articleक्यान्सर अस्पतालका अध्यक्ष थापा भन्छन्, ‘अदालतको आदेश स्विकार गर्छु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here