पुर्खाले आर्जेको कलाकौशल हेर्न १२ र १३ चैतमा गाभरभ्याली होमस्टे जाऔँ, मौलिक खाना मेलाको मजा लिऔँ (फोटोमा हेर्नुस मौलिक खाना मेलाको झलक)

बाँके, ११ चैत, २०७८ ।
१२ र १३ चैतमा संचालन हुने ‘मौलिक खाना मेला’ को तयारी पूरा भएको आयोजक गाभरभ्याली होमस्टेले जनाएको छ । मेला स्थललाई दुलही झैँ सिंगारिएको छ । मेला स्थलमा खाना प्रदर्शनी र परम्परागत लुगा, गरगहना तथा मौलिक हस्तकलाका सामानको प्रदर्शनी स्थल छुट्टाछुट्टै ठाउँमा बनाइएको छ ।


मौलिक खाना मेला भनिए त्यहाँ लुम्बिनी प्रदेशमा रहेका मौलिक हस्तकला तथा लोप भएका बस्तु प्रदर्शनीका लागि राखिएको आयोजक गाभरभ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए ।
उनले मेला स्थलमा ढिकी, जाँतो, तेल पेल्ने कोल, लडिया, माछा मार्ने हेल्का, राउटेले निर्माण गर्ने कोसी, ठेकी, काठबाट निर्मित महाकालको मूर्ती, मुगु जिल्लामा प्रचलित जाल लौरी, खजुरी (थाकल) ले तयार पारिएको मयूर, अँट्वा लगायतका परम्परागत बस्तु अवलोकनका लागि राखिएको जानकारी दिए ।


मेलामा घोङ्घीदेखि फापरको ढिँडो खान पाइने
खाना मेलामा थारु समुदायमा प्रचलित घोङ्घीको तरकारी, गंगटा, मुसा, सिध्रा माछाको चटनी, आलुको अचार, कचालु, ढिक्री, अनदी चामलको रोटी लगायत मौलिक खानाका परिकार प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरि, हिमाली भेग अन्तरगत मुगेली समुदायमा लोकप्रिय मानिने कोदोको रोटी, फाफरको ढिडो, सिस्नोको साग लगायतका परिकार खाने ब्यवस्था मिलाइएको चौधरीले बताए ।
उनले मगर जातिको खानाका परिकार र मधेसी समुदायको मौलिक खानाका परिकार पनि मेलामा राखिने जानकारी दिए । ‘मौलिक तर लोपोन्मुख खानालाई मेलामा प्राथमिकता दिइएको छ,’ उनले भने ।

Previous articleक्षयरोगको उच्च जोखिममा बाँके, ६ महिनामा २५ जनाको मृत्यू, महिलाभन्दा जोखिममा पुरुष
Next articleमौलिक खाना मेला : १०७ बर्ष पूरानो कोलमा तेल पेलेर पर्यटन, सहरी तथा ग्रामिण विकास मन्त्री चौधरीले गरे उद्घाटन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here