सुख, शान्ति, समृद्धिको कामना गर्दै जोतपुरबासीले गरे निकासी र डोरबन्ढी पूजा

फोटो साभार : सोम डेमनडौराको फेसबुकबाट

बाँके, १ चैत, २०७८ ।


बर्दियाको जोतपुर गाउँमा निकासी र डोरबन्ढी पूजा गरिएको छ । बर्खे खेतिपाति सकिएपछि निकासी र आर्थिक वर्षको विवाह मुहुरत सकिएपछि थारु समुदायले निकासी पूजा गरेका छन् ।
गाउँमा विवाहको क्रमका आउन सक्ने बिभिन्न समस्या नआवस् भन्ने उद्देश्यले पाटनदेबी कहाँ पठाउनका लागि हात्ती, घोडा, गोरुको टाउको, गोरु सहितको लह्रिया, डोली बनाई अण्डालाई पानको फूलको रुपमा बनाउने र चल्लालाई उरन्टा घोडीको रुपमा पूजा गरि चल्ला बाहिर छाडिन्छ । ‘गाउँमा आउन सक्ने रोगब्याधि, दुख, समस्यालाई गाउँभन्दा बाहिर पठाउनका लागि निकासी पूजा गर्ने चलन छ,’ साहित्यकार सोम डेमनडौराले भने ।


यसैगरि, पठाई सकेको समस्या नआवस् भन्ने उद्देश्यले गाउँको चारै दिशालाई सम्बोधन गरि डोरबन्ढी पूजा गर्ने चलन रहेको उनले बताए । यी पूजा गरेपछि गाउँमा सुख, शान्ति छाउने, रोगब्याधि नलाग्ने मान्यता रहेको उनले बताए । गाउँमा बसोबास गर्ने सवै नागरिकको सुख, शान्ति, समृद्धिका लागि थारु समुदायले पहिलेदेखि नै यस्ता पूजा हरेक बर्ष गर्दै आएका छौँ,’ उनले भने ।

Previous articleगाभर भ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’ को तयारी तिब्र
Next article१७ दिनपछि पाँच लाख धरौटीमा एमाले सांसद बानिया रिहा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here