बाँके, १ चैत, २०७८ ।
८ फागुनमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत कविता बुढाथोकी कोहलपुर स्थित चौराहमा ड्यूटीमा थिइन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको शमशेरगन्जबाट तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भई उनी माथि पल्टियो । तीव्र गतिमा आएको ट्रकलाई नियन्त्रणमा लिन खोज्दा पल्टिदा च्यापिएर उनको मृत्यू भयो । ट्रक अनियन्त्रित भई पल्टिदा साथमै रहेकी प्रहरी हवल्दार बासमती चौधरीले भागेर ज्यान जोगाइन् ।
उक्त घटना सेलाउन नपाउँदै २३ फागुनमा नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तरगत राँझा चोकमा ड्यूटीमा रहेका ३६ बर्षिय प्रहरी हवल्दार भुपेन्द्रबहादुर शाहीलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भयो । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साथमा रहेका प्रहरी जवान नरेश चौधरी घाइते भए । उनको नेपालगन्जस्थित मेडिकल कलेज, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी हवल्दारको मृत्यू भएको घटनाको भोली पल्ट २४ फागुनमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका २ जिरोमा दुर्घटना हुँदा बाँसगढी नगरपालिका ४, बर्दियाका २८ वर्षिय प्रहरी जवान हिरालाल थारुको ज्यान गयो । उनी सवार मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । उनी दाङस्थित इलाका प्रहरी कार्यालय बनगईमा कार्यरत थिए । उनी विदामा घर आउँदै थिए ।
मादक पदार्थ सेवन गरि तिव्रगतिमा सवारी साधन चलाएका कारण दुर्घटना हुने गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताए । उनले चालू आर्थिक बर्षको आठ महिनामा एक सय १५ सडक दुर्घटनामा ५१ जनाको मृत्यू भएको बताए । दुर्घटनामा ६९ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी प्रमुख शाहका अनुसार, रत्न राजमार्ग अन्तरगत नेपालगन्ज–कोहलपुर–देउराली सडक खण्डमा ३५ सवारी दुर्घटना भई २४ जनाको ज्यान गुमाए, ३५ जना घाइते भएका छन् । ति दुर्घटनामा परि ३५ जना घाइते भए । उनले मंसिरमा सवैभन्दा धेरै २१ वटा दुर्घटना भए । उक्त दुर्घटनामा नौँ जनाको मृत्यू र १३ घाइते भए ।
साउन महिनामा आठ सवारी दुर्घटनामा चारले ज्यान गुमाउँदा ६ जना घाइते भए । त्यसैगरि, भदाँैमा १३ दुर्घटनामा पाँच जनाको मृत्यू र ६ जना सर्वसाधारणको मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । असोज र कात्तिकमा १९–१९ सडक दुर्घटना भए । असोजमा १२ जनाले ज्यान गुमाउँदा ६ यात्रु घाइते भए । भने, कात्तिकमा तीन जनाको मृत्यू भयो, १२ जना घाइते भए ।
त्यसैगरि, पुषमा १५ वटा सडक दुर्घटनामा परि आठ जनाको मृत्यू र ९ जना घाइते भएको ट्राफिक प्रहरी प्रमुख शाहले बताए । उनले माघमा ८ र फागुनमा १२ वटा सडक दुर्घटना भएको जानकारी दिए । उनले माघमा पाँचको मृत्यू र दुई जना घाइत भएका थिए । फागुनमा पाँच जनाको मृत्यू र १५ घाइते भए । ‘मादक पर्दाथ सेवन गरि सवारी साधन चलाएकै कारण दुर्घटनामा बृद्धि भएको छ । सावधानी अपनाउँदा अपनाउँदै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरुकै कारण दुर्घटना बढेको घटना विवरणले देखाउँछ,’ उनले भने ।