गाभर भ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’ को तयारी तिब्र

बाँके, १ चैत, २०७८ ।


स्थानीय रैथाने खानाको प्रचार प्रसार गर्न गाभर भ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’ हुने भएको छ । आधुनिकतासँगै स्थानीय स्तरमा रहेका हराउँदै गएका मौलिक खानाको प्रचार प्रसार गरि यसको प्रवद्र्धन गर्न मौलिक भोजन मेला गर्न लागिएको गाभर भ्याली होमस्टे संचालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
उनले ११–१२ चैतमा मौलिक भोजन मेला आयोजना गरिएको बताए । मौलिक खानाको बारेमा जानकारी दिई यसको बजारीकरण गर्न मेला आयोजना गरिएको उनको भनाई छ । मौलिक खाना हराउँदै गएको छ, तर यसको स्वादको मजा लिन चाहने स्वदेशी र विदेशीको संख्या बढ्दो छ,’ उनले भने, ‘मौलिक खानाले दिने फाइदा बारे अनबिज्ञ हुँदा युवा पुस्ता आधुनिक खानातर्फ आकर्षित भएका छन् ।’
लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा हुन लागेको मेलामा थारु, मुगेली लगायत स्थानीय स्तरमा पाइने खाना राखिने भएको छ । उनले बाँकेमा पाइने अन्य मुख्य खाना राख्ने तयारी गरिएको जानकारी दिए । गाभर भ्याली होमस्टेले विदेशी परिकारसँगै पाहुनाको माग अनुसार थारु र मुगेली परिकार खुवाउँदै आएका छन् ।

Previous articleबाँकेमा विकराल बन्दै सडक दुर्घटना : आठ महिनामा १५५ दुर्घटना, ५१ को मृत्यू
Next articleसुख, शान्ति, समृद्धिको कामना गर्दै जोतपुरबासीले गरे निकासी र डोरबन्ढी पूजा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here